लोकप्रिय गायक तथा सर्जक केशव घिमिरेले पर्बत र स्याङ्जा जिल्लामा पर्न फलेबास नगरपालिका, आधिखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, कुश्मा नगरपालिकामा पर्ने विभिन्न ठाउँहरु समाबेश गरिएको गित “कार्किनेटा रमाइलो गाउँ छ” लिएर आएका छन।
चन्दन डिजिटल म्युजिक प्रा लि को प्रस्तुति रहेको गितमा केशव घिमिरे को शब्द, लय, स्वर रहेको छ भने महिला स्वर सरस्वती लामिछानेको रहेको छ। छायांकन गणेश सापकोटा, शृङ्गार बिनिता पौडेल, सम्पादन सुबास अम्गाइ, दृश्य निर्माण फलानो कृयसन रहेको गितलाई केशब घिमिरेले निर्देशन गरेका छन। सरिता दानकुटि, केशब घिमिरे लगायत कलाकारको अभिनय रहेको सो गितलाई चन्दन म्युजिकको युटुयुव च्यानल मार्फत हेर्न सकिने छ।
पर्बतको कार्कीनेटामा जन्मिएका घिमिरे युवा ब्यबसायी पनि हुन भने बिगत १८–२० बर्षदेखि पोखरामा नै बसेर साङ्गेतिक क्षेत्र र ब्यबसायमा निरन्तर लागिरहेका छन् ।
करिब २०० जति गीत बजारमा ल्याइसकेका घिमिरेको पछिल्लो गित कार्किनेटा रमाइलो गाउँ छ ले पनि सफलता पाओस हाम्रो शुभकामना ।।

भिडियोको लिन्क संगै