नेपाल मानव अधिकार संगठन पर्वतको आयोजनामा विहिबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि फलेवास नगरपालिका नगर प्रमुख गंगाधर तिवारीले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले प्रशिक्षण कार्यक्रमले मानव अधिकार सम्वन्धी काम, कर्तव्य र अधिकारको जानकारी गराउनेमा विश्वस्त रहेको बताए।
नगरप्रमुख तिवारीले मानव जिवनमा आइपर्ने समस्या र समाधानको लागि नेपाल मानव अधिकार संगठनले विशेष काम गर्दै आएको र अझ प्रभावकारी बनाउन व्यक्ति व्यक्तिमा प्रशिक्षणको अभियान लैजान सकेमा त्यसले नागरिक सुरक्षामा विशेष महत्वपूर्ण भूमिका खेल्ने जानकारी गराएका थिए।
मानव जन्मनुभन्दा अगाडिबाट मृत्युपश्चात उसले पाउने अधिकारलाई मानव अधिकार भएको बताउँदै उनले भने, “जीवन जिउने, काम गर्न पाउनु पर्ने, दास हुन नपर्ने, सम्पति, बोल्ने स्वतन्त्रता, ज्यानको सुरक्षा, मताधिकार, उचित शिक्षा, स्वतन्त्र विचार राख्न पाउने, नागरिक हक अधिकार जोडिएको हुन्छ, यसलाई कुनैपनि निकायले कुण्ठित गर्न पाइदैन।”
त्यसैगरी नेपाल मानव अधिकार संघ पर्वतका अध्यक्ष माधव पौडेलले प्रशिक्षणबाट सम्पूर्ण निकायलाई नागरिक अधिकार सम्बन्धी जानकारी गराउने र समाजको विकृति, विसंगतीलाई उजागर गरी सवल समाजको निर्माणमा अहम भूमिका निर्वाहको लागि प्रशिक्षणको आयोजना गरिएको जानकारी गराएका थिए।
प्रशिक्षण कार्यक्रमका विशेष अतिथि तथा सहायक जिल्ला अधिकारी गणेश प्रसाद शर्मा, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपि अधिकारी, गै.स.स. महासंघ पर्वतका अध्यक्ष रमेश रिजाल, नेपाल बार एशोसिएसन पर्वतका अध्यक्ष दिलिप पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने प्रमुख प्रशिक्षक प्रा.डा. गोविन्द प्रसाद ढकालले प्रशिक्षण गराएका थिए।
उक्त प्रशिक्षण कार्यक्रममा नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य हरिनारायण रेग्मी, कुश्मा नगरपालिकाका वडा अध्यक्षहरु, शिवालय बहुमुखीका प्रमुख लेखनाथ उपाध्याय, गुप्तेश्वर बहुमुखी क्याम्पसका प्रमुख सुभाष पन्त, नारायण मा. वि., शिवालय माविका प्रमुख सहित विद्यार्थीहरु, जिल्ला प्रहरी कार्यालय पर्वतका अधिकृत र सदस्यहरु, प्रहरीबलका अधिकृत, नेपाल सेनाका अधिकृत र जवानहरु, नागरिक समाज पर्वत, महिला मानव अधिकार रक्षक सञ्जाल, उपभोक्ता मंच पर्वत, अपाङ्ग उत्थान समाज पर्वत, नेत्रहिन संघ पर्वत, पत्रकार एवम् मानव अधिकार कर्मी, इनरह्वील, पर्वत नेष्डो समृद्धिका प्रमुख सहित, एक महिला मानव अधिकार समूहको उपस्थितिमा प्रशिक्षण कार्यक्रम भएको थियो।
नेपाल मानव अधिकार संगठनका पर्वतका सचिव रुद्रप्रसाद शर्माले सञ्चालन गरेको कार्यक्रम संस्थापक सचिव तथा वर्तमान सल्लाहकार तेजेन्द्र सुवेदीले स्वागत मन्तव्य र अध्यक्ष माधव पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।