चैत २२, पोखरा ।

पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा घर भई हाल पोखरा–१७ विरौटामा रहेकी कमला श्रेष्ठले मानव सेवा आश्रम छोरेपाटनमा रहेका ७५ जना अनाथहरुलाई विहानको खाना खुवाएकी छन् ।
आज परेको उनको जन्मदिनको अवसरमा विविध कारणबाट अनाथ बन्नुपरेका ७५ जनालाई खाना खुवाउदा आफुलाई छुट्टै खुसीको अनुभव रहेको उनले बताइएन ।
सहयोगी श्रेष्ठले उक्त कार्यक्रममा बोल्दै हामीले फजुल खर्चलाई कटौती गरेर केही रकम सामाजिक संघ संस्था तथा अनाथ रहेका जो कोहीलाई सहयोग गर्ने, बृक्षारोपण गर्ने जस्तो सामाजिक कार्य गर्न सकेमा विशेष दिन उत्सवको रुपमा रहने बताइन् ।
“हामीले जन्मदिन जस्ता महत्वपूर्ण दिनहरुमा गरिने फजुल खर्चलाई समेटेर सानो रकमबाट पनि धेरै जनाको १ छाक खाना खुवाउन सकिने रहेछ । भोको पेट र नाङ्गो शरिरलाई छोप्नको लागि त्यस्ता रकमले कसैलाई खुसी बनाउन सकिने रहेछ । मेरो फरक अनुभव रह्यो म अत्यन्तै खुसी छु, मैले प्राय मेरो महत्वपूर्ण दिनमा कुनै मठ, मन्दिरमा पुजा र केही रकम सहयोग गर्दै आए, कहिले साथीहरुले खुसी साटे तर आज प्रत्यक्ष दिदी तथा आमाहरु सँग खुसी साट्दा छुट्टै खुसीको आनन्द मिल्यो ।” उनले भनिन् ।
त्यसैगरी सञ्चारकर्मी पदम श्रेष्ठले जन्मदिन जस्ता महत्वपूर्ण समयमा अनावश्यक रुपमा खर्च गर्नु भन्दा समाजलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने गरि विशेष काम गर्न सकेमा त्यसले जिवन्तसम्म प्रभाव पार्ने जानकारी गराएका थिए।
“मानव जीवनलाई थप प्रभावकारी र उदाहरणीय बनाउन व्यक्ति स्वयम् लागि पर्नुपर्ने बताउँदै उनले भने, आफ्नो जिवनलाई खुसी, सुखी र निरोगी बनाई स्वर्गको अनुभव गर्ने कि ? र दुःखी बनाएर नर्कको अनुभव गर्ने ? त्यसको जिम्मेवारी भगवानले स्वयम् व्यक्तिलाई दिएका छन् । धनले केवल भौतिक सुख पाउन सकिएला तर मनलाई सुखी बनाउन सामाजिक व्यक्ति नै बन्नुपर्छ ।”
छोरेपाटनमा रहेको आश्रममा हाल ७ जना कर्मचारीहरुले व्यवस्थापनमा सहजीकरण गर्दै आइरहेका छन्, मासिक १ लाख भाडा तिर्दै आइरहेको आश्रममा छिट्टै नै पोखरा–२५ हेमजा रहेको सहयोगी बाट प्राप्त करिब ६३ रोपनी जग्गामा मानव सेवा आश्रम सञ्चालन गरिने मानवसेवामा समर्पित अभियन्ता सम्झना बतौलाले जानकारी गराइन ।
अभियन्ता बर्तौलाले फजुल खर्चलाई घटाएर आफुले दिनको १ गिलास चियालाई सामाजिक कार्यमा लगानी गरेमा त्यसले विभिन्न कारणबाट अनाथ बन्नुपरेकाहरुको लागि बरदान मिल्ने भनाइ रहेको थियो ।
मानव सेवा आश्रम छोरेपाटनमा हाल करिब १२ वर्ष देखि ८५ वर्ष सम्मा ७५ जना महिला दिदीबहिनीहरु रहेका छन् । उनिहरुलाई गण्डकी प्रदेश सरकारले प्रति व्यक्ति ४ हजार रकम सहयोग गर्दै आइरहेको छ भने बाँकी रकम सहयोग दाताबाट संकलित रकमले आश्रम चलाइदै आएको पाइएको छ ।
आश्रममा रहेका मध्ये ५१ जना मानसिक रोगको समस्यामा रहेका छन् भने २३ जना अन्य दिर्घकालिन रोगको समस्याबाट ग्रसित रहेका छन् । उनिहरुलाई स्वास्थ्य विज्ञान प्रतिष्ठन (गण्डकी हस्पिटल) र जिएमसी हस्पिटलले निःशुल्क स्वास्थ्य उपचार गर्दै आइरहेको छ ।
हेमजामा रहेको मानव सेवा आश्रम भवन निर्माणको लागि नेपथ्य ब्याण्डले देशका १० शहरमा कन्सर्ट गर्दै सहयोग रकम संकलन गरेको थियो भने केही समय अगाडि हेमजामा बृहत महायज्ञ गरिएको थियो ।
सहयोगी श्रेष्ठ कार्कीनेटा सम्पर्क समाज पोखरालगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्ध समेत रहेकी छिन् ।