कार्कीनेटा सम्पर्क समाज पोखराको चांैथो अधिवेशन तथा छैटौ साधारणसभाबाट गायक तथा समाजसेवी केशव घिमिरे अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार साइमन पार्टी प्यालेसमा भएको भएको अधिवेशनमा बरिष्ठ उपाध्यक्षमा हरिप्रसाद शर्मा, उपाध्यक्षमा शिव प्रसाद पौडेल, सचिवमा धनप्रसाद शर्मा, कोषाध्यक्षमा पदम श्रेष्ठ, सह–सचिवमा राधिका शर्मा र सदस्यहरुमा भरतप्रसाद पौडेल, कमला श्रेष्ठ, नारायण प्रसाद पौडेल, प्रकाश शर्मा, करिश्मा शर्मा बराल, लक्ष्मी अर्याल, अशोक पौडेल सर्वसम्मत निर्वाचित भएका हुन् ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष घिमिरेले सम्पर्क समाजको स्थापनाको उद्देश्य अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
उद्घाटनसत्र कार्यक्रमका प्रमुख अतिथि तथा फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन तथा केशव घिमिरेको कार्कीनेटा विषेश गीत बजाएर गीतको सार्वजनिक गरेका थिए।
कार्यक्रममा बोल्दै नगरप्रमुख तिवारीले कार्कीनेटावासी र आफ्नो सम्बन्ध वडा सचिव भएदेखि अझै प्रगाढ रहेको बताउँदै कार्कीनेटाको विकासमा कुनै कसुर नराखी काम गर्ने बताए । कार्कीनेटावासीहरु प्रति आभार तथा धन्यवाद प्रकट गर्दै विगतबाट नै आफू ऋणि भएको त्यसलाई आफ्नो कार्यकालमा ऋणको भार काम गर्ने जानकारी गराएका थिए।
त्यसैगरी उनले पूर्व संस्थापक नगरप्रमुख पदमपाणी शर्माले गरेका विकाशका योजनालाई निरन्तरता दिनको लागि आफु अगाडि बढेको जानकारी गराए । “कार्कीनेटामा बनेको मनमोहन शान्ती वाटीका केही समयदेखि रोकिएको छ, हामीले रोकिनुको कारण खोजेका छौं र समाधान खोजेर यसलाई निरन्तरता दिन्छौं,” हाम्रो आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्य रहेको उच्च स्थानमा रहेको डहरेदेउराली, बाघपाइलालाई विशेष योजना सहित काम गर्न नगरपालिका अगाडि बढेको छ, उनले भने ।
नगरप्रमुख तिवारीले कार्कीनेटा सम्पर्क समाज पोखराले गरेका सामाजिक कामको प्रशंसा गर्दै नगरपालिकाको विकास र समृद्धि बनाउन हातेमालो गरेर अगाडि बढ्न आवश्यक रहको बताउँदै अबका दिनमा सके हप्ताको १ दिन नसके अनिवार्य महिनाको १ दिन फलेवासमा बस्नेगरी आउनको लागि अनुरोध गरेका थिए।
त्यसैगरी सम्पर्क समाजकी अध्यक्ष सीता शर्माले आफ्नो कार्यकालमा पोखरामा र कार्कीनेटामा रहेका कार्कीनेटा वासीहरुको दुःख सुखमा साथ दिने गरी विविध कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि आफुले निरन्तर सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।
आफ्नो कार्यकालमा कोभिड पछि बर्तमान परिस्थितिले आर्थिक तथा अन्य रुपबाट पीडित भएकाहरुलाई समाजले मलमको काम गर्दै आएको जानकारी गराउँदै, भित्तेपात्रो प्रकाशन, बृहत निःशुल्क स्वास्थ्य शिविर, मृगौला पीडित तथा अन्य रोगबाट उपचार गराउन नसकेको परिवारलाई ४ लाख भन्दा बढी सहयोग, दशै, तिहार, तीज, नयाँवर्षका शुभकामना तथा पारिवारीक बनभोज कार्यक्रमहरु गरी पोखरामा विभिन्न रुपमा बस्दै आएका कार्कीनेटा दाजुभाई दिदीबहिनी, आमा वुवाहरुलाई एकवद्ध बनाउन समाज लागि परेको जानकारी गराइन्।
उक्त कार्यक्रममा फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटाका वडा अध्यक्ष चोलाकान्त पाध्या, पूर्व वडाअध्यक्ष बाबुराम शर्मा, कार्कीनेटा सम्पर्क समाजका निवर्तमान अध्यक्ष रामचन्द्र शर्मा (आरसी), संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रेमप्रसाद शर्मा, सल्लाहकार तथा पूर्व अध्यक्ष प्रदीप पौडेल, सल्लाहकार ईन्द्र प्रसाद शर्मा, कार्कीनेटा दिदीबहिनी समूहकी अध्यक्ष दुर्गा कुमारी बराललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शिवप्रसाद शर्माले सचिवको प्रतिवेदन र पदम श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष सीता शर्माको अध्यक्षतामा भएको चौथो अधिवेशन तथा छैटौं साधारणसभाको सचिव शिवप्रसाद शर्माले सञ्चालन गरेका थिए।
अली मिया लोक वाङ्मय प्रतिष्ठान पुरस्कारबाट पुरस्कृत कार्कीनेटा सम्पर्क समाजका पूर्व उपाध्यक्ष विष्णुप्रसाद शर्मालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । भने आकस्मीक सहायता कोषमा सहयोग गर्ने, बृहत निःशुल्क स्वास्थ्य शिविरमा सहयोग गर्ने दाताहरुलाई माला, सम्मान पत्र र प्रमुख अतिथि एवम् अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।