कास्की ।
अन्नपूर्ण आधारशिविरदेखि घान्द्रुकसम्म (१४२.१९५ कि.मी.) को अन्नपूर्ण म्याराथनआउँदो जेठ महिनामाहुने भएको छ । अन्नपूर्ण प्रथमहिमालआरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनलाई निरन्तरतादिनलागेको हो । कोभिड १९ का कारण दुई वटा संस्करण स्थगितभएपनि समितिले यसपपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरतादिनलागिएको शुक्रबार घान्द्रुकमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधनगर्दै समितिकाअध्यक्षललित गुरुङले जानकारी दिए ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयोजनमाआयोजित छलफलमा स्थानीयपर्यटन व्यवसायीले म्याराथनलाई सफलपार्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धनगर्न विगतमानिरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथनगर्दै हुँदै आएको थियो । प्रतिकूल परिस्थितिका कारण गतबर्षका कार्यक्रम स्थगितभएपनि यस पटक पूर्वनिर्धारित समय अनुसार नै कार्यक्रमलाई निरन्तरतादिइने समितिका सचिवमिकास गुरूङले बताए ।
वि.सं. २०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधारशिविरमाआएको हिमआँधिले अन्नपूर्ण आधारशिविरका होटलमा भएको गम्भीर क्षति, नेपाल भ्रमण वर्ष २०२० घोषणा भएलगत्तै अन्नपूर्ण पदयात्रामार्ग अन्तर्गत हिन्कु केभमाहिमपहिरोका कारण भएको दुःखद घटना र विश्वव्यापी कोभिड–१९ को संक्रमण र त्यसको नियन्त्रण लागिअपनाइएको निषेधाज्ञाका कारण त्यस क्षेत्रको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको छ । पर्यटन क्षेत्रलाई धाराशायीहुननदिनकाविषेश राहतप्याकेज कार्यक्रम सञ्चालन गरी अर्थतन्त्रको सवलीकरण गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग विशेष अनुरोध गर्ने समितिले जनाएको छ ।