तनहूँ । जब जब तनहूँ जिल्ला क्षेत्र नं.१ माननिय कृष्णकुमार श्रेष्ठ किसानको जिल्लातिर आगमन हुन्छ नेपाली कांग्रेस तनहूँको मनमा पहिरो जान्छ अब किसानले कुन ठाँउका कांग्रेसका कार्यकर्तालाई पार्टी प्रवेश गराउने हुन् ? माननियले जतातिर नजर लगाउनुहुन्छ त्यतैतिरका नेता तथा कार्यकर्ताको रातभरि फोनको घण्टी बजाउनुहुन्छ कांग्रेसका नेताहरु तपाईको गाउँतिर हाम्रो पार्टीमा कतै पहिरो जादै त छैन भनेर ? हुनपनि सांसद किसानले पछिल्लो समय तनहूँ जिल्लामा बिशेष गरि आफ्नो निर्वाचनक्षेत्रमा सयौको संख्यामा कांग्रेसका नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टीमा प्रवेश गराईसक्नुभएको छ ।
त्यसै कुरालाई जोडेर होला राज्यको पैसा देखाएर पार्टी प्रवेश गराउन खोज्नु गैर राजनैतिक चरित्र भएको तनहुँको आँबुखैरेनी १ मा पार्टी प्रवेश कार्यक्रमलाई शनिवार नेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले भन्नुभएको छ ।
उक्त कार्यक्रममा पूर्व मन्त्री भण्डारीले पञ्चायतका भरियाहरुले लोकतन्त्रका चरित्र बुझन नसकेको कारणले पुल उद्घाटन गर्न आउनु भएका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि दुर्व्यबहार भएको बताउनुभएको थियो भने सांसद श्रेष्ठले सूर्यबहादुर थापाको छोरा सुनिल थापालाई सह महामन्त्री बनाउन फुलमाला ओछयाएर स्वागत गर्नेले आफ्नो धरातल पनि हेर्न आग्रह गर्नुभएको थियो ।
नेपाली राजनितिमा सधैजसो देखिने भिन्ना भिन्नै पार्टी प्रवेश कार्यक्रममा दुई नेताहरुको उपस्थिति थियो । नेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारी आबुखैरेनीमा नेकपाका कार्यकर्तालाई पार्टी प्रवेश गराउदै हुनुहुन्थ्यो भने माननिय किसान नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईको छिमेकी गाँउ व्यास ११ डाँडागाउँतिर र भानु नगरपालिका वडा नं. ६ तिर कांग्रेस मुक्त गाउँ बनाउछु भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई अविर, दोसल्ला लगाएर स्वागत गर्दै हुनुहुन्थ्यो ।

आबुखैरैनीको कार्यक्रममा पूर्व मन्त्री भण्डारीले अतिवादी ,अराजनीतिक र अधिनायकवादी चरित्र वोकेका व्यक्तिहरुले नेपाली कांग्रेसको शिर्ष नेतृत्वप्रति देखाएको व्यवहार अत्यन्त निन्दनिय भएको बताउनुभएको थियो साथै वहाँले काँग्रेसलाई कसैले औंला ठड्याउने कुचेष्टा नगर्न पनि चेतावनी दिनुभएको थियो ।


व्यास र भानुमा ८० जनाभन्दा बढि नेकपामा प्रवेश
व्यास नपा ११ र भानु नपा ६ मा ८० जना भन्दा बढि नेकपामा प्रवेश गरेका छन् । व्यास नपा ११ को डाडाँगाउँ र भानु नपा ६ मा शनिबार छुट्टा छुट्टै आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसान, नेकपा नेतृ एवं राष्ट्रिय सभाकी सांसद भगवती न्यौपाने लगायत नेकपाका नेताहरुले नेपाली काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गर्नेहरुलाई टिका र माला लगाई स्वागत गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै सांसद श्रेष्ठले पछिल्लो समय तनहुँमा नेकपामा प्रवेशको लहरले नेपाली काँग्रेसका नेताहरु मानसिक रुपमा विछिप्त भएको बताउनुभएको थियो । मानसिकरुपमा विक्षिप्त बनेपछि नेपाली काँग्रेसका नेताहरुले कानुन उल्लंघन गर्दै, विधि र पद्धतीको उल्लंघन गर्दै हिडेको आरोप लगाए । विषय पुल उद्घाटनको देखिएपनि वास्तवमा नेपाली काँग्रेस सकिने अवस्था आएपछि कार्यकर्तालाई संरक्षण गर्ने बाहानाको खोजी गर्दै हिडेको सांसद श्रेष्ठले आरोप लगाउनुभएको थियो ।
राष्ट्रिय सभाकी सांसद न्यौपानेले लोकतन्त्रको दुहाई दिएर नथाक्ने नेपाली काँग्रेस लोकतन्त्रकै खिल्ली उडाउँदै पराजित भएका व्यक्तिहरुले सरकारी संरचना उद्घाटन गर्दै हिडेको आरोप लगाउनुभयो ।
व्यास नपा ११ मा ३५ जना र भानुमा ५० जना भन्दा बढि व्यक्तिहरु नेपाली काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गर्नुभएको थियो । सो कार्यक्रममा नेकपा व्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्की, जिल्ला सदस्य माधवबहादुर पन्त, रनसिंह नेपाली, विरेन्द्र अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

बराँदी मगर गाउँ नेकपा मुक्त बनेको कांग्रेसको घोषणा
कार्यक्रममा आँबुखैरेनी गाउँपालिका–१ बराँदी मगर गाउँ पुरै वस्ती २५ घरका ७८ जनाले नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई केन्द्रीय भण्डारीले स्वागत गर्नुभएको थियो । उक्त अवसरमा वडाध्यक्ष किसन थापा, आँबुखैरेनी गाउँ कार्य समितिका सचिव विष्णु पन्थ, तुलबहादुर राना लगायतका काँग्रेसमा प्रवेश गरेका थिए । । कार्यक्रममा आँबुखैरेनी बजारका ५ जना काँग्रेसमा प्रवेश गर्नुभएको थियो । कार्यक्रममा बराँदी मगर गाउँलाई नेकपा मुक्त गाउँ रहेको बताईएको थियो ।
पूर्वमन्त्री भण्डारीद्धारा रामथुम्किमा भेटघाट
यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी व्यास नगरपालिका–११ रामथुम्कीमा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको छ । कार्यक्रममा वडाध्यक्ष निरबहादुर खड्का, जिल्ला सदस्य दलबहादुर दुरा, तरुणदलका वडा अध्यक्ष राजु खड्का लगायतले बोल्नुभएको थियो ।
सांसद श्रेष्ठद्धारा १ महिनाको तलब सहयोग
व्यास नगरपालिका वडा नं. ११ मा आयोजित कार्यक्रममा सांसद श्रेष्ठले आफ्नो मासिक तलब भत्ता वापतको रकम ५० हजार रुपैयाँ फराकचौर टोल विकास संस्थाको निर्माणाधिन अधुरो भवनकोलागि प्रदान गरेका थिए ।
(पत्रकारद्धय प्रकाशचन्द्र भट्टराई र डम्बर बहादुर अधिकारीको सहयोगमा तयार पारिएको )