पोखरा ।
युवाहरु बीच साथ सहयोग र सहकार्य भन्ने मुल अभिप्रायका साथ सञ्चालित युथ कम्युनिटी क्लवका सदस्यहरु र युवा ब्यवशायी ईन प्रसाद घर्तीले सञ्चालनमा ल्याएको बेतले बेकरी बीच सहकार्य गर्ने भएको छ । युवा ब्यवशायी घर्तीले आफ्नो बेकरी हाउसबाट उत्पादन हुदै आएको केकको खरिदमा युथ कम्युनिटी क्लबका सदस्यहरुलाई २० प्रतिशत छुटमा केक उपलब्ध गराउने भएका हुन ।
युवाले युवाहरुलाई साथ, सहयोग र सहकार्य गर्ने उद्देश्य अनुरुप युथ कम्युनिटी क्लवमा आवद्ध सदस्यहरुसंग सहकार्य गर्ने गरी आफ्नो बेकरी हाउसबाट उत्पादन हुने कुनैपनि केकमा २० प्रतिशत छुट दिने भएका हुन । एक कार्यक्रमका बीच युथ कम्युनिटी क्लवका केन्द्रीय अध्यक्ष पूर्ण कुमार श्रेष्ठ र बेतले बेकरी हाउसका सञ्चालक ईन प्रसाद घर्ती बीच सम्झौता पत्रमा हस्ताक्षर गरी क्लवमा आवद्ध सदस्यहरुलाई सहुलियत दरमा केक उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन ।
सञ्चालक घर्तीले पछिल्लो समय बर्थडे लगायत हरेक शुभकार्यहरुमा केकको प्रयोग हुने गरेको र सोही अनुरुप युथ कम्युनिटी क्लवबका सदस्यहरुलाई हरेक समारोहमा प्रयोग हुने केकमा विशेष सहुलियत प्रदान गर्ने उद्देश्यले सहकार्य गर्न आफु तयार रहेको वताए ।
सो अवसरमा वोल्दै युथ कम्युनिटी क्लवका केन्द्रीय अध्यक्ष पूर्ण कुमार श्रेष्ठले पछिल्लो समय केक र शुभ कार्य एक अर्काका पर्यायबाची जस्तै बनेको र युवाहरु बीच साथ सहयोग र सहकार्य गर्ने आफुहरुको उद्देश्य अनुरुप युवा ब्यवशायीहरुको ब्यवशायलाई टेवा पुग्ने गरी आफुहरुले बेतले बेकरी हाउस संग सहकार्य गरेको वताए । बेकरी हाउस संगको सहकार्यले क्लवमा आवद्ध सदस्यहरुलाई पनि सहुलियत हुने र बेकरी हाउसको प्रवद्र्धनमा समेत टेवा पुग्ने श्रेष्ठको भनाइ रहेको थियो ।