पोखरा । नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्की जिल्ला कार्यसमितिको शुक्रबार भएको नवौं अधिवेशनले यामबहादुर रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

संघको उपाध्यक्षमा कृष्णप्रसाद वराल, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा नविन भण्डारी, र सदस्यमा शंकर भण्डारी, देवी लामिछाने, मुना जिसी, निलम लम्साल, सुनिता कार्की, गणेश आले, मञ्जु आले, अध्यक्षबाट मनोनित दुई सदस्यहरु कुलबहादुर तामाङ र गोपिनाथ पोखरेल रहेका छन् ।

कार्यक्रमका प्रमुअख अतिथि नेपाल ट्रेड युनियन गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले श्रमिकको हकहितको लागि वर्तमान सरकार गम्भिर नभएको हुँदा सबै श्रमिक एकजुट हुनपर्ने वताए ।

विशेष अतिथि नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय समिति सदस्य ओमकार गिरीले वित्तिय क्षेत्रका कर्मचारीहरुको हकहितको लागि राष्ट्रिय समितिले विविध कार्य गर्दै आएको वताए ।

प्रमुख अतिथि शर्माले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा ट्रेड युनियनका जन्मदाता पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको तस्विरमा पुष्प गुच्छा अर्पण गरिएको थियो ।

संघका अध्यक्ष ज्ञाज शर्माले आफ्नो कार्यकालमा कोरोना महामारीको कारण संस्थाले सोचे जस्तो कामहरु गर्न नपाएको उल्लेख गर्दै आगामि दिनहरुमा संस्थाका गतिविधिलाई निरन्तर अगाडि वढाउनु पर्ने वताएका थिए । संघमा प्रायः बैक तथा वित्तिय संस्थाहरु, विमा कम्पनिहरु, कर्मचारी सञ्चयकोष आवद्ध रहेका वताए ।

नवनिर्वाचित अध्यक्ष यामबहादुर रानाभाटले वित्तिय क्षेत्रमा कार्यरत कर्मचारीहरुले आफ्नो अधिकार र कर्तव्यलाई आत्मसात गर्दै संस्थाको गरिमालाई उच्च पार्ने कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

अध्यक्ष ज्ञाज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुर्यरमण पराजुलीले र संचालन सचिव यामबहादुर रानाभाटले गरेका थिए ।