पोखरा ।

“१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” बिहिबार चौथो दिन अन्तिम चरणका खेलहरु सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिताका सेमीफाइनल र केही फाइनल खेलहरु भोली शुक्रबार हुने आयोजकले जनाएको हो ।

प्रतियोगिताको चौथो दिन ६५ वर्ष माथीको डबल्स फाइनल खेल सम्पन्न भएको छ भने पोखरा ओपन सिंगल्स मेन्स/उमेन्सका सेमीफाइनल खेल तथा अन्य उमेर समुहका फाइनल खेलहरु शुक्रबार हुने भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताएका छन् ।