होटल रानीबन आर्केड तथा क्वीन फरेष्ट रेष्ट्रो बारले नेपाल देशः ७ प्रदेश पकवान मेला २०७९ आयोजना गर्ने भएको छ ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा आयोजित २४ औं सडक महोत्सव तथा होटलको ४५ औं वार्षिकोत्सवको अवसरमा पकवान मेला गर्न लागेको हो ।
२०७९ पौष ८ देखि शुरु हुने यस कार्यक्रमको प्रमुख नारा नेपाली खाना, जिवन शैली र संस्कृतिको विश्वव्यापीकरण तथा आलि देखि थाली सम्म रहेको छ । परम्परागत रैथाने खाना र बालीको जगेर्ना गर्नु कार्यक्रमको मुल उदेश्य भएको होटलका अध्यक्ष भिमसेन भुजेलले बताए ।
१० दिनसम्म सन्चालन हुने कार्यक्रममा सात प्रदेशका खानाका फरक परिकार हुनेछन् । प्रदेश नम्बर एक बाट धुवाँदार पोर्क, स्याटा पोर्क, सेकुवा लगायतका धराने कालो बंगुरको पाख्रीवास परिकार, मधेस प्रदेशको तावा फिस, माछा जनकपुरे राजा, तरुवा माछासंग आमादी अचार लगायतका माछाका परिकार रहने छ । यस्तै बागमती प्रदेशबाट छोइला, कवाव, कचिला, किमा अण्डा, गुच्चा मोमोचा नेवारी खानामा राँगाको परिकार, गण्डकी प्रदेशबाट हिमाली भेगको च्याङ्ग्राको रक्तिको पकौडा, रैथाने बाली फापर र हाँसको अण्डाबाट बनेको खानाको परिकार, लुम्बिनी प्रदेशबाट सुन्तला साँधेको, चाकु लगायतका फलफूल र शाकाहारी परिकार, कर्णाली प्रदेशबाट हाँस, घोङ्गी, चामलको पिठोबाट बन्ने भख्खा लगायत थारु जातिको खानाको परिकार रहनेछ भने सुदुरपश्चिम प्रदेशको लोकल खसी पोलेको, खसिको कवाव र लोकल कुखुराको परिकार पस्किइने जनाइएको छ । आन्तरीक तथा बाह्य पर्यटकलाई ७ वटै प्रदेशको खाना एकै थलोमा चाख्न पाउने कार्यक्रमले व्यवस्था गर्दछ भने पर्यटकहरूको माग रहे यो कार्यक्रम निरन्तर गर्ने होटलका प्रबन्ध निर्देशक हरि बहादुर भुजेलले जानकारी गराए ।
पाकशास्त्री सन्जीव खत्रीले यस कार्यक्रम मार्फत द भ्वाईस अफ नेपाली सेफ नामक संस्थाले गरेका कार्य तथा नेपाली खानाको परिकार विश्वव्यापी रुपमा फैलाउन प्रयास गरेको जनाउनु भयो ।
सन् १९७० को दशक देखि आतिथ्य तथा पर्यटन क्षेत्रमा सेवा प्रदान गर्दै आएको होटल रानीबन आर्केड तथा क्वीन फरेष्ट रेष्ट्रो बारले पर्यटकलाई नेपाली खाना र संस्कृति पस्कदै आईरहेको छ ।