पोखरा : गोरखा मिलन समाज पोखराले पोखराले शनिबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।
गोरखा स्थायी घर भई पोखरालाई कर्म थलो बनाउदै स्थायी वा अस्थायी रुपमा पोखरामा बस्दै आएका गोरखालीहरुको दुःख सुखको साझा संस्था गोरखा मिलन समाज पोखराले खुल्ला रक्तदान कार्यक्रम गरिएको हो ।
समाजको २३ औं साधारण सभा तथा १२ औ अधिबेशनबाट निर्वाचित संस्थाका अध्यक्ष कोपिला श्रेष्ठको नयाँ कार्यसमितिले समाजलाई सक्रिय रुपमा अघि बढाउनको लागि विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको छ । उनका अनुसार बिजयादशमीमा शुमकामना आदान प्रदान तथा दिपावलीमा देउसी भैलो खेली २ लाख ६७ हजार रकम संकलन गर्न सफल भएको जानकारी गराइन् ।
अध्यक्ष श्रेष्ठले पोखरामा हाल रगतको अभावको सिर्जना भइरहेको अवस्थामा रक्तदान जिवनदान जिवनदान महादान भन्ने उक्तीलाई आत्मसात गर्दै संस्थाले मंसिर २४ गते शनिबारको दिन चिप्लेढंगामा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइन् । उक्त कार्यक्रममा ५२ पिन्ट रगत संकलन गरी रक्तसंचार केन्द्र रामघाटलाई हस्तान्तरण गरिएको उनले भनिन् ।
अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि संस्थाका आजीवन सदस्य तथा अक्षय कोष दाता डा. तिर्थमान श्रेष्ठ रहेका थिए ।
खुल्ला रक्तदान कार्यक्रमका संयोजक तथा कार्य समितिका सदस्य धिरज श्रेष्ठले आवश्यक खर्चहरुको व्यवस्थापन गरेका थिए । त्यसैगरी कार्यक्रममा प्राविधिक सहयोग रक्त संचार केन्द्र रामघाटले गरेको थियो । कार्यक्रममा बोल्दै रक्तसञ्चार केन्द्र रामघाटका प्रमुख महेन्द्र के.सी. रक्तदान किन, केका लागि र कस्तो व्यक्तिले गर्न हुने र नहुने भन्ने सम्बन्धमा प्रकाश पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डा. तिर्थमान श्रेष्ठले सामाजिक कार्यमा जुट्न पाउदा अति खुशी लागेको र आगामी दिनहरुमा समेत संस्थालाई अझ मजबुत बनाउनको लागि आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
संस्थाका महासचिव सन्त बहादुर लामिछानेले संचालन गरेको कार्यक्रम संस्थाका उपाध्यक्ष अग्रिम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पूर्व अध्यक्ष शिवलाल धितालले शुभकामना मन्तव्य राखेका थिए।