पोखरा

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको चौधौ साधारण सभा तथा सातौं अधिवेसनले विष्णुप्रसाद शर्माको अध्यक्ष्यतामा नयाँ कार्यसमिति चयन गरेको छ | समितिको उपाध्यक्ष्य,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमशः हिमामाया पौडेल,भानुभक्त आचार्य,मदनप्रसाद बराल र हरिश्चन्द्र भण्डारी चयन भएका छन् |

यसैगरी संस्थाको सदस्यहरुमा ड़ा.नवराज नेउपाने, ड़ा.सबिन्द्रराज भण्डारी.ड़ा,पीताम्बर पौडेल,गंगाराम पौडेल,विद्यावती शर्मा र लोकचंद्र खनाल सर्वसम्मत रुपमा निर्वाचित भएका छन् |

साधारण सभाले ड़ा. भूमिराज वस्ताकोटी, केशवशरण पराजुली र सुरज पौडेलको तीन सदस्यीय निर्वाचन समिति चयन गरी निर्वाचनको जिम्मेवारी दिएको थियो |

साधारण सभाले निवर्तमान सचिव डा,टिकाराम आचार्यको वार्षिक प्रगति प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष हिमामाया पोडेलको प्रतिवेदन पारित गरेको थियो |

कार्यक्रममा संस्थाबाट प्रकाशित जर्नल अवधारणा अंक ७ र सिर्जना अंक तथा विश्वप्रेम अधिकारीका कविता कृतिको विमोचन गरिएको थियो |

प्रमुख व्यक्तित्व वरिष्ठ कवि तिर्थ श्रेष्ठ,वरिष्ठ साहित्यकार तारा पाखे तथा संस्थाका निवर्तमान अध्यक्ष्य योगराज पौडेलले उक्त तीन कृतिको विमोचन गरेका थिए |

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष्य प्राध्यापक ड़ा.विष्णुप्रसाद पौडेल, पूर्व अध्यक्ष दीपेन्द्र पराजुली , जर्नल प्रकाशन समितिका संयोजक सुलोचना खनाल,सिर्जना अंकका समीक्षक डा, बासुदेव भण्डारी, कविता कृतिका समीक्षक डा.ईश्वरमणि अधिकारी, मदनप्रसाद बराल,डा. भानु कँडेल,प्रान्जल,वसन्त पराजुली, प्राध्यापक ड़ा. शालिग्राम सुवेदीलगायतले संस्थाले गरेका र गर्नुपर्ने विषयमाथि आआफ्नो धारणा राखेका थिए |

२०६६ सालमा स्थापित संस्थाले सिर्जना, समालोचना र अनुसन्धानका विषयमा निरन्तर रचनात्मक काम गर्दै आएको संस्थाका सचिव भानुभक्त आचार्यले बताए |