पोखरा । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ कास्कीको अध्यक्षमा आशिष गुरूङ सर्वसम्मत चयन भएका छन् ।
पोखराको बिरौटा स्थित ग्यालेक्सी व्यांक्विटमा शनिबार सम्पन्न महासंघको १५औं साधारण सभा तथा ९औं अधिवेशनबाट गुरुङ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै प्रथम उपाध्यक्षमा पुरुषोत्तम कुँवर, द्वितीय उपाध्यक्षमा सेवक क्षितिज, सचिवमा महेन्द्र भुर्तेल, सह-सचिवमा सुरेश सापकोटा निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा घनश्याम गौतम, हरिकृष्ण शर्मा, ईश्वर चालिसे, बालाकृष्ण न्यौपाने, दिपकराज गिरी, गोविन्द रिमाल र दामोदर डुम्रे चयन भएका छन् । उक्त अधिवेशनको निर्वाचन मण्डल कमिटिमा संयोजक मुक्ति अधिकारी, सदस्यहरु विकास भुर्तेल र एकनारायण चपाईं रहेका थिए। अधिवेशनले क्यानका सम्पूर्ण पदाधिकारीलाई सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनको पहिलो सत्रको प्रमुख अतिथिमा पोखरा युनिर्भसिटीका उपकुलपति प्रोफेसर डा.नवराज देवकोटा रहेका थिए भने केन्द्रीय प्रतिनिधिका रुपमा क्यान महासंघ नेपालका सह-कोषाध्यक्ष चन्द्रबिलास भुर्तेल, क्यान महासंघका सचिव जगन गुरुङ र क्यान गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डेको समेत उपस्थिति रहेको थियो ।