प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत गण्डकी प्रदेश सभा सदस्यमा हालसम्म ३४ जना प्रत्यक्ष तर्फ निर्वाचित भइ सकेका छन् ।
जसमा, नेपाली काग्रेसबाट १६ जना, नेकपा (एमाले)बाट १२ जना नेकपा (माओवादी केन्द्र) बाट ४ जना, नेकपा समाजवादीबाट १ जना र स्वतन्त्र १ सहित ३४ जना निर्वाचित भएका हुन । स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका राजीव गुरुङ (दिपक मनाङ्गे) निर्विरोध चयन भएका थिए ।
गण्डकी प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ ३६ जना र समानुपातिक तर्फ २४ जना गरि ६० जना रहने व्यवस्था रहेको छ ।
उक्त प्रदेश सभामा नेपाली कांग्रेसका निर्वाचित उम्मेदवारहरुमा गोरखाबाट नन्दप्रसाद न्यौपाने र सुरेन्द्र राज पाण्डे, लमजुङबाट टकराज गुरुङ, भेष बहादुर पौडेल र अशोककुमार श्रेष्ठ, तनहुँबाट जित प्रकाश आले मगर, कास्कीबाट विन्दुकुमार थापा र प्रकाश बराल, बागलुङबाट दिपेन्द्र बहादुर थापा, डिल्ली राम सुबेदी, जीतबहादुर शेरचन र दोर्णकुमार कुवँर, नवलपरासीबाट महेन्द्रध्वज जि.सि., मनाङबाट मुनिन्द्र जङ गुरुङ, मुस्ताङबाट नम्डु गुरुङ र बिकल शेरचन रहेका छन् ।
नेकपा (एमाले)का निर्वाचित उम्मेदवारहरुमा तनहुँबाट श्यामराजा महत, स्याङ्जाबाट सीता कुमारी सुन्दास र सुधिर कुमार पौडेल (एमाले), कास्कीबाट खगराज अधिकारी, बेद बहादुर गुरुङ, भिष्मबहादुर कार्की र गणेशमान गुरुङ, पर्वतबाट भक्त कुँबर र मित्रलाल बस्याल, नवलपरासीबाट रोशन गाहा थापा, पदमा जि.सी र लक्ष्मण बहादुर पाण्डे रहेका छन् ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र) का निर्वाचित उम्मेदवारहरुमा गोरखाबाट कृष्णप्रसाद धिताल र हरिबहादुर चुमान, म्याग्दीबाट हरि बहादुर भण्डारी र रेशम बहादुर जुग्जाली रहेका भने नेकपा (समाजवादी) का फणीन्द्र देवकोटा रहेका छन् उनले गोलाकार भित्रको हसिया हथौडाबाट चुनाव लडेका थिए ।
स्याङ्जा २(१) र २(२) मा उम्मेदवारको आन्तरिक किचलोका कारण मतगणना हुन सकेको छैन ।

election winner gandaki pradesh