प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ को प्रदेशसभा २ बाट नेपाली काँग्रेसका उम्मेदवार प्रकाश बराल विजयी भएका छन् ।
मङ्सिर ४ गते सम्पन्न निर्वाचनको मत परिणाम घोषणा सँगै उनि गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राजिव पहारीले ११ हजार ९ सय २ मत प्राप्त गर्दा बरालले १२ हजार ३ सय ६७ मत प्राप्त गरेका थिए । पहारीको भन्दा ४ सय ६५ मत बढी ल्याई बराल विजयी भएका हुन् ।
पहारी विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिराम भण्डारीले २ हजार ५ सय ६०, मङ्गोल नेशनल अर्गनाइजेशनका मनतोष घलेले ४७२, जनता समाजवादीका गोरे दमैले २९५ र नेपाल कम्युनिष्ट पार्टी९माओवादी समाजवादी०का रामवृक्ष धोवीले ११७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा छ जना उम्मेदवार रहेका थिए ।
कुल ४८ हजार ८ सय ५३ मतदाता रहेकोको कास्की क्षेत्र नं. ३ (२) मा २८ हजार ७ सय ७९ जनाले मतदान गरेका थिए । जसमा २७ हजार ७ सय १३ मत सदर र १ हजार ६६ मत बदर भएको थियो ।