नेपाली कांग्रेस निर्वाचन परिचालन समितिद्वारा गठित गण्डकी प्रदेश निर्वाचन परिचालन समन्वय समितिको बैठक आइतबार नेपाली कांग्रेस गण्डकी प्रदेश सभाहलमा बसेको छ ।
आसन्न ०७९ मंसीर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई निर्वाचित बनाउनको लागि विशेष वैठक बसेको हो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले अहिलेको निर्वाचन व्यक्ति–व्यक्ति विचको लडाई पार्टी केन्द्रीत भएको जानकारी गराएका थिए उनले संविधानको रक्षा, जनताको सुरक्षा र स्थायी नेतृत्व पक्ष र विपक्षका विचको लडाई हो उनले भने ।
सभापति शर्माले निर्वाचनमा गठबन्धनका साझा प्रत्यक्ष तथा समानुपातिकका उम्मेदवार प्रतिनिधि पात्र भएको हुँदा प्रजातन्त्र र संविधान रक्षाको लागि नेपाली कांग्रेस लगायतका गठबन्धनको साझा निर्णय अनुसार मतदाताले कार्यान्यवयन गरि गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्र्नुपर्ने जानकारी गराएका थिए ।
उक्त बैठकमा सूचना सम्प्रेषण सम्बन्धमा, सुचना सम्प्रेषणको लागि आवश्यक स्रोत, साधन, गठबन्धनका उम्मेदवारलाई जिताउन सैद्धान्तिक औचित्यको बारेमा, मतदान शिक्षा अभियान, रणनैतिक योजना विषय, मतदाता व्यवस्थापन र डिजिटल तथा फ्रेम मिडिया परिचालन सम्बन्धमा आजैबाट सुरु गरि अगाडि बढाउने निर्णय गरिएको गण्डकी प्रदेश निर्वाचन परिचालन समन्वय उपसमितिका संयोजक धु्रव वाग्लेले जानकारी गराए ।
वैठकबाट प्रत्येक निर्वाचन प्रदेश सभा क्षेत्रको निर्वाचन सम्बन्धी महत्पूर्ण सूचना रिपोर्टिङ गर्ने जिम्मेवारी प्रदेश सभा निर्वाचन परिचालन समितिका ३६ जना सदस्यहरुलाई जिम्मेवारी प्रदान गरिएको उनले भने ।
सहसंयोजक विष्णुप्रसाद लामिछानेका अनुसार निर्वाचनको सम्पूर्ण सूचनाहरु सम्प्रेषण गर्न प्रदेश कार्यालयमा आवश्यक स्रोत र साधन सहित कन्ट्रोल रुम स्थापना गर्ने, नेपाली कांग्रेसलगायतका पाँचदलिय गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन गठबन्धनको सैद्धान्तिक औचित्य जनतामाझ पु¥याउन आवश्यक प्रचारप्रसार गर्ने, समानुपातिक निर्वाचन प्रणाली तर्फ पार्टीको पक्षमा मत पार्न प्रभावकारी ढंगबाट मतदान शिक्षा अभियान सञ्चालन गर्न आवश्यक समन्वय गर्ने, विपक्षी दलहरुको रणनीति अध्ययन÷अनुसन्धान गरी प्रतिकार्य रणनीति तय गर्न आवश्यक समन्वय गर्ने, मतदान केन्द्र, मतदाता व्यवस्थापन तथा मतगणना समबन्धी आवश्यक तयारी गरी प्रभावकारी कार्यन्यवयनको लागि आवश्यक समन्वय गर्ने, डिजिटल तथा फ्रेम मिडियालाई पूर्ण रुपमा परिचालन गर्ने सम्बन्धि उम्मेदवार तथा पार्टी संरचनासँग समन्वय गर्ने निर्णय गरिएको जानकारी गराएका थिए ।
त्यसैगरी निर्वाचन परिचालन समितिका केन्द्रीय सदस्य तथा सुरक्षा समन्वय परिचालन समितिका केन्द्रीय सह संयोजक मेखलाल श्रेष्ठको उपस्थितिमा ऋषिराम काफ्लेलाई गण्डकी प्रदेश संयोजकको जिम्मेवारी दिइएको छ भने दुर्गा लामिछाने, दिपक शर्मा वाग्ले, , पदम बस्ताकोटी, शंकर ढुंगाना, वर्षा केशव पराजुलीलाई सदस्यको जिम्मेवारी दिएको जानकारी गराए ।