मानव अधिकार शिक्षा तथा संरक्षण समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ८१ युनिट रगत संकलन भएको छ ।
संस्था स्थापनाको सुरुवाती चरणमा पोखरामा रगतको अभाव भएको जानकारी भएपछि रक्तदान कार्यक्रम सुरु गरिएको कार्यक्रम संयोजक दिनेश पौडेलले जानकारी गराएका थिए ।
मानव अधिकारको क्षेत्रमा जनचेतना जगाउने अभिप्रायका साथ स्थापित संस्था “मानव अधिकार शिक्षा तथा संरक्षण समाज”ले आगामी दिनमा मावन अधिकारको विषयमा विशेष योजना तथा कार्यक्रमहरु गर्ने संयोजक पौडेलले बताए ।
“रक्तदान जवनदान, जीवनदान महादान”को मूल मर्मलाई आत्मसाथ राख्दै आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका कास्की शाखाका प्रमुख डण्डराज शर्माले पहिलो रक्तदाता श्यामसुन्दर ढकाललाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन भएको थियो ।
उक्त कार्यक्रममा पोखरा वडा नं. ३ का निवर्तमान वडा अध्यक्ष रविन्सन प्रजुले ७९ औं पटक रक्तदान गरेको जानकारी गराएका थिए। उनले आफूमा खेर जाने रगतलाई दान गर्दा अर्को मानिसको जीवन बच्नु भनेको सबै भन्दा ठूलो पुण्यदान भएको हुँदा उमेर पुगेका, निरोगी र रक्तदान गर्न मिल्ने जो कोहीले पनि रगत दान गरेर आफूलाई स्वस्थ्य र अरुलाई बचाउने पुण्य काम गर्नको लागि अनुरोध गरेका थिए ।
संस्थापक अध्यक्ष नेत्रप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सन्तोष शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव धनप्रसाद पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए।
शान्तिदिप अभियानद्वारा सञ्चालित आकस्मिक रक्तदान युनिटका व्यवस्थापक तथा सामाजिक अभियान्ता हरिषचन्द्र शर्मा, क्षेत्रीय रक्तसञ्चार केन्द्र प्रमुख अर्जुन ज्ञवाली लगायतले आफ्नो मन्तव्य राखेका थिए ।