लायन्स क्लब अफ सेति गण्डकी, लायन्स क्लब अफ पोखरा भिजिट, लायन्स क्लब अफ बृन्दाबन,र लायन्स क्लब अफ सेति गङ्गा क्लब हरुको संयुक्त आयोजनामा आज चिप्लेढुङ्गाको मानब अधिकार चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा ४३ जना दाताहरूले रक्तदान गरेका थिए । ब्लड बैंकका प्रमुख लायन हरी बस्ताकोटीले पहिलो रक्तदता पुस्पराज पराजुली लाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त कार्यक्रम मा जोन १२ का अध्यक्ष लायन घनश्याम ढुंगाना, जोन ११ का अध्यक्ष लायन कल्पना थापा, सेकेन्ड भि डि जि लायन मिलन थापा, नगर बिकास समितिका पुर्ब अध्यक्ष दुर्गा तिमिल्सिना र लायन हरि बस्ताकोटिले शुभकामना व्यक्त गरेका थिए ।
लायन अम्बिका पराजुली को अध्यक्षतामा भएको कार्यक्रममा लायन बाबुराम तिवारीले स्वागत मन्तव्य राखेका थिए भने सन्चालन लायन कृष्ण प्रसाद त्रीपाठीले गरेका थिए । फोटो पत्रकार लायन बेदहरी तिमिल्सिना र दिनेश पराजुलीलले कार्यक्रमको संयोजन गरेका थिए ।