स्याङ्जा, २३ असोज ।
स्याङ्जा जिल्लामा प्रतिनिधि सभा तथा गण्डकी प्रदेश सदस्यमा नेपाली कांग्रेसको तर्फबाट प्यानल नै उम्मेदवार दर्ता हुँदा नेपाली कांग्रेसका कार्यकर्ताले खुसी व्यक्त गरेका छन् ।
यही मंसीर ४ गते हुन गइरहेको निर्वाचनमा उत्साहपूर्वक जनसमर्थन विच कांग्रेसको एकल उम्मेदवारी दर्ता गराएको छ । देशैभरी नेपाली कांग्रेसले गठबन्धन गर्ने भनिएपनि स्याङ्जा जिल्लामा त्यसको असर परेको छैन ।
स्थानीय निर्वाचनका आधारमा कांग्रेसको राम्रो पकड देखिएको क्षेत्रमा केन्द्रबाट अन्यदललाई टिकट दिने घोषणाको हल्ला भएसँगै स्याङ्जा जिल्लामा कांग्रेसमा आस्थावान नेता तथा कायकर्ताले चर्को विरोध गरेका थिए ।
नेपाली कांंग्रेसका बौद्धिक तथा विश्लेषकले स्याङ्जा जिल्लामा नेपाली कांग्रेसलाई हत्याउने प्रयास भएमा कांग्रेसमा ठूलो दुर्घटना हुने र त्यसको जिम्मेवारी केन्द्रले लिनुपर्ने बताएका थिए । नेपाली कांग्रेस स्याङ्जाले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका उम्मेद्वारहरुले सजिलै सँग जित्ने भएकोले अन्य दलसँग स्याङ्जा जिल्लालाई नदाज्न आग्रह समेत गरेका छन् ।
हाम्रा उम्मेदवार जनताले विश्वास गरेका उम्मेदवार चयन गरेका छौं, यसमा कुनै संकोच छैन, विगतमा उनिहरुले पार्टी र सामाजिक क्षेत्रमा पु¥याएका योगदानका आधारबाट आएका हुनाले र स्याङ्जा जिल्ला नेपाली कांग्रेसको गढ भएको हुँदा पनि निर्वाचनमा सजिलैसँग जित हुने उनिहरुले बताएका थिए।
स्याङ्जा १ क बाट प्रतिनिधिसभा सदस्यमा राजु थापा र प्रदेश सदस्यमा क मा मेखलाल श्रेष्ठ र ख मा कुमार राना त्यसैगरी स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्यमा धनराज गुरुङ र प्रदेश सदस्य क मा भोजराज अर्याल र ख मा महेश भट्टराईले नेपाली कांंग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।
स्याङ्जा १ क मा माओवादीलाई र २ क मा एकीकृत समाजवादीलाई सिट छाड्ने निर्णय भएपछि नेपाली कांग्रेस केन्द्रले गरेपछि स्याङ्जा जिल्लाले विद्रोह गर्ने चेतावनी दिएको थियो ।
वडा सभापति, कार्यकर्ता तथा नेपाली कांग्रेसका विश्लेषकहरुले समेत तिव्र विरोध गरेका थिए । उनिहरुले कांग्रेस बाहेक अरुलाई भोट नदिने बरु विकल्प खोज्न तयार हुने आवाज आएपछि स्याङ्जा जिल्लाबाट गठबन्धनमा भाग नलिई कांगेसले एक्लै चुनावी मैदानमा उत्रिएको हो ।