असोज १९, फलेवास ।
फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारी दशैंको अघिल्लो दिन जनताको सारथी बन्दै जनताको घरदैलोमा पुगेर गुनासा सुन्दै हिडेका छन् ।
नगरपालिकावासीको समस्या साझा समस्या भएको हुँदा नगरपालिका विदाको समय भएपनि आफु घरमा नवसी जनताको घरदैलो गर्दै हिड्दा नगरवासी खुसी भएका छन् । वाढी पहिरो र अन्य समस्या भएका क्षेत्रको अवलोकन गर्दै उनले समाधानको विकल्प भएको हुँदा नआत्तिनको लागि अनुरोध गरेका थिए । “म ५ वर्ष सेवा गर्छु भनेर निर्वाचनमा होमिएको हुँ, मेरो १ मिनेटको विश्रामले जनताको आँखामा आसु झर्न सक्छ, म दुःखको सारथी बन्छु भनेर हिडेको हुँदा उहाँहरुको दुःखमा मलमको काम गर्नु मेरो कर्तव्य हो । कुनैपनि पल सुखमा बसेर जनताको दुःख हेर्न सक्दिन”उनले भने ।
फलेवास नगरपालिका वडा नंं. १ भुजेलस्वाँरामा केही दिन अघि अविरल वर्षाको कारण क्षति पुग्दा महादेव आधारभुत विद्यालय, भरत क्षेत्री, माया क्षेत्री, विक्रम घर्ती, जयबहादुर, राजु भण्डारी, देवी भण्डारीलगायतका घर उच्च जोखिममा परेका छन् । उक्त जोखिम क्षेत्रमा करिब १२ घरधुरी परिवार वस्दै आएका छन् ।
कार्कीनेटा बजारको देखि खाल्टाथर सम्मको पानीको उच्च वाहवको कारण मोटरबाटोबाट भल पस्दा विद्यालय र केही घरको धाजा फाटेको छ भने विद्यालयको करिब १० मिटर मुनिबाट पहिरो गएको छ ।
पहिरो गएको ठाउँमा स्थलगत अवलोकन गर्दै तिवारीले त्यसको समाधानको लागि नगरपालिकाले तत्कालै काम गर्ने बताउनुका साथै विद्यालयमा खानेपानीको समस्याको कारण पठनपाठनमा अवरोध भएको जनगुनासो आएपछि त्यसको लागि आवश्यक पाइपको व्यवस्था गर्ने जानकारी गराएका थिए।
त्यसैगरी नगरप्रमुख तिवारीले फलेवास नगरपालिका वडाका साझा समस्यालाई तत्काल समाधान गर्न वडाअध्यक्षहरुलाई निर्देशन दिएका छन् । उनले भने, “नगरपालिका वासीहरुको समस्याको लागि समाधान गर्नको लागि योजना सहित निर्वाचनमा होमिएका हौं, हामी ५ वर्ष भित्र बोलेका बचनलाई एक एक गरी पुरा गर्नुपर्छ, अत्यावश्यकलाई पहिलो प्राथमिकतामा राखेर वार्षिक रुपमा काम गर्ने हो, वडाले सिफारिस गर्न नचुकोस्, हामी काम गर्छौ, वडा अध्यक्षहरुले यो वा त्यो वाहानामा पछाडि नहट्नुहोला ।”
पहिरोका कारण वस्ती नै जोखिममा परेको जानकारी हुनासाथ नगरप्रमुख तिवारी स्थलगत अवलोकन गर्न जोखिम क्षेत्रमा पुगेका थिए। उनिसँग नेपाली कांग्रेस गण्डकी प्रदेशका आइटी प्रमुख तथा सुचना, सञ्चार तथा प्रचार–प्रसार विभाग सदस्य पदम श्रेष्ठ, नेपाली कांग्रेस कार्कीनेटा वडाका सभापति देवीप्रसाद पाध्या, शहीदपुत्र गंगाधर तिवारी, फलेवास नगरपालिका नगर सचिवालयका अगन्धर तिवारी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।