मुद्रण उद्योग संघ कास्कीको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रम विहीबार महेन्द्रपुल पोखरामा सम्पन्न भएको छ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा बोल्दै उनले रक्तदान अरु सेवाको काम भन्दा फरक तर प्रत्यक्ष जीवनको दोसाधमा रहेका व्यक्तिलाई जीवनदान गराउने भएको हुँदा रक्तदान महत्वपूर्ण रहेको बताए। पोखरामा छरिएर मुद्रण व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु एकवद्धता भई अगाडि बढेमा आइपर्ने समस्यालाई हल गर्न सहज हुने जनाए। आगामी दिनमा उद्योग व्यवसायको लागि आइपर्ने चुनौतीको सामनाको लागि आफू समन्वय गरि सँगै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
कार्यक्रम संयोजक सुवास सिग्देलले रक्तदान जीवनदान, जीवनदान महादानको मूल अभिप्रायलाई लिई रक्तदान कार्यक्रम स्थापना दिवसमा गर्दा यसले सामाजिक उत्तर दायित्व निर्भाह गर्नुका साथै पोखरामा रगतको अभावलाई पनि केही मात्रामा सहयोग गर्ने बताएका थिए। रक्तदान कार्यक्रममा उपस्थित भई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए।
त्यसैगरी संघका अध्यक्ष पदमलाल श्रेष्ठले रक्तदान एउटा स्वच्छ सामाजिक कार्य भएको बताए। रगतदान गर्नु भनेको आफ्नो शरिरबाट खेर जाने पुराना सेलहरु दान गर्ने भएको हुँदा यसले मानव शरिरमा कुनै नोक्सानी नपुर्‍याउने बरु फाइदा बढी पुर्‍याउने भएकोले रगत दान गर्नुपर्ने बताए। पोखरामा मात्रै दैनिक १ सय २० युनिट रगत आवश्यक हुने हुँदा माग अनुसार अहिलेको विषम परिस्थितिले गर्दा रक्तसञ्चार केन्द्रमा रगतको चरम अभाव भएको जानकारी गराए।
संस्थाका उपाध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण) ले कोभिड–१९ को कारण पोखरामा रक्तदान कार्यक्रमहरु विगतका समयमा जसरी नभएको हुँदा ब्लड बैंकमा रगतको अभाव देखिएको हुँदा अहिलेको समयमा रगतको आवश्यक छ। यो समस्या हाम्रो आफ्नै परिवारलाई पनि रगत चाहिन सक्छ त्यसको लागि भएपनि रक्तदान गर्नुपर्ने बताए।
मुद्रण उद्योग संघ गण्डकी प्रदेशका महासचिव एवम् कास्की जिल्लाका कोषाध्यक्ष बसन्त बास्तोलाले स्वागत कविता वाचन गरेका थिए। भने कार्यक्रममा बोल्दै बाबिया त्यान्द्रो फरक फरक भएपनि लठ्ठो जसरी बलियो बन्छ त्यसैगरी सम्पूर्ण उद्योग व्यवसायीहरु पनि एक हुन आवश्यक रहेको बताए। उनले संस्था भनेको अप्ठेरोको साहारा हो, समस्याको समाधान भएको हुँदा संस्थामा रहँदा वेफाइदा होइन व्यवसायीहरुलाई फाइदा हुने हुँदा गोलबद्ध हुन समेत आह्वान गरेका थिए।

रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा ३८ युनिट रगत संकलन भएको र वार्षिकोत्सवको अवसरमा केक काटी मनाइएको संघका महासचिव जीवन गोर्खालीले बताएका थिए।
प्रमुख अतिथिलाई मायाको चिनोले सम्मान गरिएको थियो भने रक्तदान गर्ने दाताहरुलाई कदर प्रत्र प्रदान गरिएको थियो।
संघका महासचिव सचिव जीवन गोर्खाली एवम् प्रदेशका महासचिव बसन्त बास्तोलाद्वले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष पदमलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।