मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश र मुद्रण उद्योग संघ कास्कीद्वारा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गरिनुका साथै आउँदै गरेको विजयादशमी, दिपावली, नेपाल सम्वत् ११४३ तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ ।
उक्त कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघमा नवनिर्वाचित अध्यक्ष पवन प्रजापति लगायत पदाधिकारी एवम् सदस्यहरु र गोर्खा मिलन समाजका अध्यक्ष कोपिला श्रेष्ठलाई टिका, माला लगाई बधाई दिनुका साथै मायाको चिनोले सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मुद्रण उद्योग महासंघ केन्द्रका उपाध्यक्ष पदमलाल श्रेष्ठले ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले कार्यक्रममा बोल्दै नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको मुद्रण पेशामा आवद्ध भएका स्वरोजगार तथा श्रमजीवि मजदुरहरुका समस्या र गुनासा बताएका थिए ।
उपाध्यक्ष श्रेष्ठले नेपाल सरकारबाट मुद्रण उद्योगलाई जहिले पनि पीडा दिने काम भएको र व्यवसायीहरुलाई प्रोत्साहत दिनुपर्ने ठाउँमा व्यवसाय नै धरासय बनाउँदै गएको आरोप लगाएका थिए उनले नेपाल भएका ४ हजार मुद्रण उद्योग व्यवसायीहरुले करिब ८५ अर्व लगानी गरेको जानकारी गराएका थिए । उपाध्यक्ष श्रेष्ठका अनुसार नेपालमा करिब १ लाख जना श्रमिक र ठेक्कामा काम गर्ने १ लाख भएको र १० लाख जनाको यसै पेशाबाट आफ्नो घर चलाएको जनाएका थिए ।
त्यसैगरी उनले नेपालमा ७७ जिल्ला मध्ये ४५ जिल्लामा मुद्रण उद्योग संघ रहेको र १६ जिल्लामा संगठन विस्ताको क्रममा रहेको र बाँकी १६ जिल्लालाई पनि समावेश गर्ने चरणमा रहेको बताए ।
उक्त कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पवन प्रजापतिले देशको विकास उद्योग विना सम्भव नभएको बताउँदै उत्पादनमुखी उद्योग स्थापनाको लागि आफू लागि परेको जानकारी गराए । उनले विभिन्न समयमा भएका घटनाको शिकार उद्योग व्यवसायी भएपनि त्यसलाई चिरेर देशमै केही गर्ने उद्देश्य सहित ठूलो लगानी गरेका उद्योग व्यवसायीहरुलाई राज्यले हेर्ने दृष्टिकोण र सरकारको नीतिनियमको कारण काम गर्न अप्ठेरो भएको बताएका थिए ।
त्यसैगरी अध्यक्ष प्रजापतिले मुद्रणका समस्याहरुलाई समाधानको लागि प्रत्येक पाइला पाइलामा सहयोग गर्नुका साथै सहजरूपमा काम गर्ने वातावरण तय गर्नको लागि उद्योग वाणिज्य संघ विशेष भूमिका निर्वाह गर्ने उनले भने, “हामी मुद्रण पेशामा आवद्ध भएका र आवद्ध हुन चाहेका श्रमिकहरुलाई दक्ष बनाउनको लागि तालिम प्रदायक संस्थाबाट समन्वय गरेर प्रशिक्षण दिई दक्ष र अनुभवी श्रमिकहरु व्यवस्था गराउनको लागि सदा विशेष भूमिका निर्वाह गर्दछौं ।”
उक्त कार्यक्रममा बोल्दै पोउवासंघका महासचिव बलराम आचार्यले व्यवसायीको हक र हितका लागि आफूहरु तत्पर रहेको भन्दै मुद्रण उद्योगको समस्या समाधानका लागि छलफल गरिने स्पष्ट पारे ।
कार्यक्रममा गोरखा मिलन समाजका अध्यक्ष कोपिला श्रेष्ठ, मुद्रण उद्योग महासंघका सचिव जीवन गोर्खाली, गण्डकी प्रदेशका संस्थापक एवम् निवर्तमान अध्यक्ष महेन्द्र बजिमय, मुद्रण उद्योग संघ कास्कीका सचिव रामप्रसाद भुर्तेल, सल्लाहकार कृष्णप्रसाद ढुंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष वसन्त बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण) ले स्वागत र महासचिव मनोहर दाहालले कार्यक्रम सञ्चालन गरेका थिए ।