गण्डकी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले गण्डकी प्रदेशलाई महिला स्वास्थ्य मैत्री बनाएको बताएका छन् ।
नेपाल टे«ड युनियन कांग्रेस कास्कीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा टे«ड युनियन कांग्रेस कास्कीको नयाँ सभाहल उद्घाटन कार्यक्रममा बोल्दै महिला स्वास्थ्यलाई ध्यानमा राखेर गण्डकी प्रदेशले महिलाहरुलाई मात्रै लाग्ने रोगको उपचार खर्च गण्डकी प्रदेश सरकारले ब्यहोर्दै आएको जानकारी गराएका छन् । उनले भने तपाईहरु उपचार गर्नुहोस् खर्चको चिन्ता नलिनुहोस् । उनका अनुसार महिलामा हुने समस्या स्तन क्यान्सर, पाठेघर लगायतका समस्याहरुको निःशुल्क उपचार नेपाली कांग्रेस गठबन्धनको सरकार आएपछि गरिएको जानकारी गराएका थिए।
त्यसैगरी गण्डकी प्रदेश सरकारले सडक बालवालिकाहरुलाई हेर्ने बालवालिका हेरचाह केन्द्रलाई प्रति व्यक्ति मासिक ५ हजार प्रदान गरेर सडक बालवालिका मुक्त क्षेत्र घोषणा गरिनुका साथै ६५ वर्षमा नै बृद्ध भत्ता पाउने व्यवस्था गरिएको बताएका थिए ।
मन्त्री खड्काले गठबन्धन हुदाँ नेपाली कांग्रेसले सोंचे अनुसार नरहेको बताउँदै भने, “जनताका समस्या समाधानका काम गर्दा गठबन्धन भत्किन्छ भने भत्कियोस् कांग्रेस एक्लै लड्छ होइन भने जनताका समस्यामा कुनैपनि बाधा र अवरोध नेपाली कांग्रेस गण्डकी प्रदेशले स्वीकार्दैन, हामीले पटक पटक यातायात लगायतका समस्यामा जानकारी गराउँदा अर्थमन्त्री अटेर भएपछि क्याविनेट मिटिङबाट सम्पूर्ण करलाई अघिल्लो वर्षकै अवस्थामा राख्यौं ।” नेपाली कांग्रेस जनताको सारथी भएको र प्रचारमुखी भन्दा पनि कर्तव्यमुखी भएको जनता जानकार भएको उनले उद्घोष गरे ।
उक्त कार्यक्रम बोल्दै नेपाली ट्रेड युनियन कांग्रेस केन्द्रका उपमहासचिव राजेश पालिखेले श्रमिकहरु जहिले पनि चुनावी सहयात्री मात्रै भएको सरकारको प्रतिपक्षमा रहेर काम गर्नुपरेको पीडा व्यक्त गर्दै श्रीमक नेताहरुले वर्गिय हितमा काम गर्नुपर्ने बताएका । उनले नेताहरुले श्रमिकहरुलाई चुनावमा श्रमिक मैत्री कानुन ल्याउने, उचित ज्याला तोक्ने कुरामा मात्र सीमित हुँदा श्रमिकहरु देशमा बसेर काम गर्न नसक्दा विदेशी भुमिमा पसिना बगाउनुपरेको गुुनासो पोखे ।
उपमहासचिव पालिखेले मंसीर ४ मा हुन गइरहेको निर्वाचनमा लोकतान्त्रिक संगठनको आवश्यक रहेको हुँदा नेपाली कांग्रेस केन्द्रले उचित नेता छान्नुपर्ने र श्रमिकहरुलाई चुनावी अस्त्रमात्र नबनाउन अनुरोध गरेका थिए ।
नेपाल टे«ड युनियन कांग्रेस कास्कीका उपाध्यक्ष दिननाथ अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाली कांग्रेस कास्की जिल्ला सभापति किशोर दत्त बराल, नेपाल टे«ड युनियन कांग्रेस राष्ट्रिय समिति सदस्य जितबहादुर गुरूङ, प्रदेश कोषाध्यक्ष घनश्याम रेग्मी, जिल्लाका निवर्तमान अध्यक्ष कुलदेवी बराल, सल्लाहकार विशेश्वर पराजुली, नेपाल गृह श्रमिक संघ कास्कीका अध्यक्ष लालीमाया रेग्मी, नेपाल शिक्षक सङ्घ कास्कीका अध्यक्ष रमेश भट्टराई, नेपाल टेलिकम प्रादेशिक अध्यक्ष चन्द्र बहादुर पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
नेपाल टे«ड युनियन कांगे्रस कास्कीका सचिव रुद्र तिमिल्सिनाले सञ्चालन गरेको कार्यक्रम सभापति विजयराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।