बिजया दशमी २०७९ को पहिलो दिन घटस्थापनाको अवसरमा लायन्स क्लब अफ बृन्दाबन को आयोजनमा गुप्तकालिको मन्दिर सम्म सर सफाइ कार्यक्रम सम्पन्न भएको छ।
ऊक्त कार्यक्रममा गुप्तकालीका मन्दिरमा सामुहिक पुजा समेत गरिएको थियो। सरसफाईको क्रममा गोरेटो बाटो एवं सडक वरिपरिका प्लास्टिक जन्य फोहोर संकलन गरि ब्यबस्थापन गरिएको छ।
क्लबका १९ जना सदस्यहरु उपस्थित कार्यक्रममा मौलामा एक बाल्टि मन्दिर व्यवस्थापन समिति का निर्देशक ज्योतिष ठाकुर प्रसाद त्रिपाठी लाई क्लबका अध्यक्ष प्रताप बहादुर कार्की र सस्थाका चार्टर सदस्य तथा जनप्रतिनिधि रेसम सुबेदि ले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।
सरसफाई कार्यक्रम पश्चात आयोजित कार्यक्रममा मन्दिरलाई एक डस्टवीन र केही कुचाहरु मन्दिर का पुजारी बलराम त्रिपाठी लाई प्रमुख अतिथि लायन्स शारदा पराजुली र अध्यक्ष प्रताप बहादुर कार्कीले संयुक्त हस्तान्तरण गरे।
त्यसैगरी जन प्रतिनिधि सरस्वती त्रिपाठी वडा सचीव इन्द्रबहादुर जि सी जोन चेयर कल्पना थापा र बाबा बिश्वास बहुउद्देश्यीय कृषि फर्म का बिश्वास सुबेदि पत्रकार गौरव त्रीपाठी को पनि उपस्थिति रहेको थियोे। बिश्वास सुबेदिले सौजन्य गरेको अगर वुड का तिन वोटा बिरुवा वडा सचीव ईन्द्र जिसि , जनप्रतिनिधि सरस्वती त्रीपाठी र रेशम सुबेदिले छुट्टा छुट्टै रोप्नुका साथै रोपीएका विरुवाको संरक्षण गर्ने जिम्मेवारी पनि दिइएको छ।
कार्यक्रममा जोन चेयर कल्पना थापाले गुप्त कालिका माइको मन्दिर मा उपस्थित भै सरसफाइ गर्नका साथै मन्दिर मा दर्शन गर्न पाएकोमा खुशी ब्यक्त गरे ।
प्रमुख अथिती लायन्स शारदा पराजुलीले नयाँ क्लबले छोटो समयमा ब्यापक उपस्थितिका साथ घटस्थापनाका दिन पवित्र धार्मिक स्थलमा एवं स्वर्गको टुक्रा झै मनमोहक स्थलमा भब्यताका साथ रचनात्मक कार्य गरेकोमा प्रशंसा गरे ।
क्लबका अध्यक्ष प्रताप बहादुर कार्किको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष अग्निधर त्रीपाठीले गरेका थिए भने कार्यक्रम संचालन सचीव कृष्ण प्रसाद त्रीपाठी ले गरेका थिए ।