ब्लड क्यान्सर पीडित मन कुमारी पुनलाई पोखरा भलिबल प्रशिक्षण केन्द्र, नदीपुरद्धारा आर्थिक सहयोग गरेको छ ।
पोखरा न्यूरोड ए फोर जेड ग्राफिक एकेडेमीमा एक कार्यक्रम राखी नगद २५ हजार हस्तान्तरण गरिएको हो । जसमा प्रशिक्षण केन्द्रबाट २० हजार र केन्द्रका सल्लाहकार सुनिल मगरद्धारा ५ हजार सहयोग गरेका थिए ।
ब्लड क्यान्सर पीडित पुनको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि आर्थिक संकलनका लागि विभिन्न अभियान तथा सहयोग संकलन गर्दै आएको पुनको अमाजु भिमा घर्ती मगरले बताएकी छन् । उनका अनुसार उपचारको क्रममा करिव ३० लाख सकिएको र अझै ५० लाख भन्दा बढि रकम लाग्ने भएपछि पुनलाई बचाउनको लागि सहयोग संकलन गरिएको जानकारी गराईन् ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजना तथा छन्त्याल ब्रदर्शको सह–आयोजनामा सम्पन्न भएको छैठौं वार्षिक उत्सवको अवसरमा आयोजित क्लब स्तरीय पुरुष तथा महिला प्रतियोगिता–२०७९ बाट उठेको केहि रकम आर्थिक अभावका कारण उपचारमा समस्या भएकी ब्लड क्यान्सर पीडित मन कुमारी पुनलाई नगद सहयोग गरेको हो ।
नगद हस्तान्तरण गर्दै प्रशिक्षण केन्द्रका सञ्चालक तथा प्रशिक्षक मनोज खड्का, कार्यक्रमका अध्यक्ष कुशल छन्त्याल, सचिव नविन छन्त्याल र कोषाध्यक्ष सुजन परियारले पुनको अमाजु भिमा घर्ती मगरलाई उक्त रकम दिएको थियो । पुनको स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा पनि यस्तै निरन्तर रुपमा सामाजिक कार्य गर्ने कार्यक्रमका अध्यक्ष कुशल छन्त्यालले बताए । साथै प्रशिक्षण केन्द्रका सञ्चालक तथा प्रशिक्षक मनोज खड्काका अनुसार अघिल्लो वर्ष पनि मृगौला पीडित सुरज गुरुङलाई नगद सहयोग गरिएको जानकारी गराए ।
साथै देविस्थान घर्थोकका शेरबहादुर घर्तीमगरले पनि पुनलाई बचाउनको लागि नगद १५ हजार सहयोग गरेका छन् ।

प्रशिक्षण केन्द्रले खेलकुद क्षेत्रलाई मात्र नभई समाजमा आइपर्ने सामाजिक समस्याहरुमा पनि सहभागि जनाई सहयोगी बन्ने मुख्य उद्देश्य लिई विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको सञ्चालक तथा प्रशिक्षक खड्काले बताए ।
मालिका गा.पा.–२, रुम (बिल्बाङ्ग), म्याग्दी निवासी तथा श्री जनजागृति आधारभूत विद्यालयमा पढाउँदै आउनुभएकी मन कुमारी पुनको हाल नयाँ दिल्लीको स्थित राजिव गान्धि क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार भईरहेको उनको परिवारले बताएको छ । उनलाई सहयोग गर्नको लागि निम्न अनुसारको खातामा जम्मा गर्न सकिन्छ ।
खाता विवरण  :

  1. Name : Sima Pun

A/C No.: 02101700813490000001

Bank Name : Garima Bikas Bank

 

  1. Name: Bhimsara Gharti

A/C No.: 1860050014335

Bank Name: Mega Woman Savings AC