प्रथम माछापुच्छ्रे गाउपालिका उपाधि गल्कोटलाई, पूर्व राष्ट्रिय खेलाडीहरु एबम भलिबल क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान
प्रथम माछापुच्छ्रे गाउपालिका अध्यक्ष कप–२०७९, पुरुष भलिबल प्रतियोगिता गल्कोट नगरपालिका बागलुङले उपाधि जितेको छ ।
एतिहासिक रुपमा पहिलोपटक भएको अध्यक्ष कपमा निसिखोला गाउपालिका बागलुङलाई ३-२ सेटमा हराउँदै गल्कोट प्रथम भएको हो ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ संविधान दिवसको पावन अवसरमा आयोजित माछापुच्छे« गाउपालिकाको तत्वावधन र माछापुच्छ्रे गाउपालिका भलिबल संघ कास्कीको आयोजनामा माछापुच्छ्रे कप–२०७९ आइतबार सम्पन्न भएको हो ।
यही भाद्र ३० गतेदेखि सञ्चालन भएको पुरुष भलिबल प्रतियोगिता गण्डकी प्रदेशका ५ जिल्लाका १५ पालिकाका भलिबल खेलाडीहरु सहभागी भएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा माछापुच्छे गाउपालिकाका उपाध्यक्ष सीता अधिकारीले सम्पूर्ण सहभागी खेलाडीहरुलाई धन्यवाद व्यक्त गरेकी थिइन् उनले खेल हारजितको लागि नभई सहभागीता सबै भन्दा ठूलो भएको बताएकी थिइन्, आगामी दिनमा माछापुच्छे गाउपालिकामा गरिने खेलमा अझ उल्लेख्य रुपमा खेलाडी तथा दर्शकहरुको सहभागी गराउने जानकारी गराइएकी थिइन् ।
उपप्रमुख अधिकारीले खेलकुद क्षेत्र खेल्नको लागि मात्र नभई बालवालिकाहरुलाई शारिरीक, मानसिक, संवेगात्मक तथा नैतिक रुपमा सक्षम बनाई देशको असल नागरिक बनाउन उल्लेख्य भूमिका हुने बताउँदै खेलकुदलाई विकास गर्नको लागि सामुदायिक विद्यालयमा एउटा शिक्षक अनिवार्य राखेर पढाउनुपर्ने आजको आवश्यक रहेको बताइन् ।

उनले उक्त कार्यक्रममा माछापुच्छे गाउपालिका आन्तरिक तथा बाह्य पर्यटकीय हब भएपनि कोभिडका कारण पर्यटकीय आगमनमा परेको असरलाई पुनः पहिलाको अवस्थामा फर्काउन पालिकाले विशेष कामहरु अगाडि बढाउदै आइरहेको र खेलकुद पनि एक अंश रहेको जानकारी गराएकी थिइन् ।
त्यसैगरी उनले महिला, अपाङ्ग, पिछडिएका वर्ग तथा युवा युवतीहरुलाई लाभान्वित हुनेगरी गाउपालिकाले विशेष स्वरोजगार बनाउने योजनाहरु ल्याएको हुँदा सरकारसँग आवद्ध भएर अगाडि बढ्नको आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
विजेता गल्कोट नगरपालिका बाग्लुङले नगद २ लाख, उपविजेता निसिखोला बागलुङले १ लाख २० हजार, सान्त्वनामा कालिगण्डकी गाउपालिका स्याङ्जा र भिमाद नगरपालिका तनहूँले नगद ३०–३० हजार सहित शिल्ड, मेडल, प्रमाणपत्र र डमी चेक पाएको छन् । भने उत्कृष्ट खेलाडीमा गल्कोट नगरपालिकाका रवि केसीले नगद ७ हजार र उत्कृष्ट सर्भरमा निसिखोला गाउपालिकाका राजेश कुँबर,
उत्कृष्ट सेटरमा गल्कोट गाउपालिकाका मिन सुनार, उत्कृष्ट मिडल ब्लकरमा गल्कोटकै इन्द्र सुनार, उत्कृष्ट स्पाइकरमा निसिखोला गाउपालिकाका दिल सुनार, उत्कृष्ट डिफेन्डरमा निसिखोलाकै कुन्जन शाही र उत्कृष्ट गल्कोट नगरपालिकाका प्रशिक्षक सुरेन्द्र केसी रहेका छन् उनिहरुलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी उक्त कार्यक्रममा भलिवल खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विशेष योगदान पु¥याएका पूर्व खेलाडीहरुलाई सम्मान गरिएको थियो जसमा, नेपाल भलिबल संघका बरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ, केन्द्रीय सदस्य राजकुमार गुरुङ, प्रशिक्षक, रेफ्री एवम् पूर्व राष्ट्रिय खेलाडीहरु लेखनाथ लम्साल, बुद्ध सिंह, पूर्ण बहादुर गुरुङ (जापान), रेफ्री एवम् पूर्व राष्ट्रिय भलिबल खेलाडी खुसी खड्का, हिम कुमारी पुन, राष्ट्रिय भलिबल खेलाडीहरु प्रमीला अधिकारी, सुशिल गुरुङ र भलिबल प्रशिक्षक एवम् व्यवस्थापक सन्तोष गुरुङलाई मायाको चिनो, दोसल्ला,सम्मान पत्र , टिका लगाई सम्मान गरिएको माछापुच्छे« गाउपालिका भलिवल प्रतियोगिताका अध्यक्ष राम पुनले जानकारी गराए।
कार्यक्रम माछापुच्छे गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारी, नेपाल भलिबल संघ केन्द्रका बरिष्ठ उपाध्यक्ष याम बहादुर गुरुङ, माछापुच्छ्रे २ का वडा अध्यक्ष गणेश आचार्यलगायतले आफ्नो मन्तव्य राखेका थिए ।
खेलकुद संयोजक रामप्रसाद गुरुङको संयोजकत्वमा भएको कार्यक्रम माछापुच्छ्रे गाउपालिका भलिवल प्रतियोगिताका अध्यक्ष राम पुनको अध्यक्षतामा भएको थियो भने सचिव मोहन सिंह तामाङले सञ्चालन गरेका थिए ।