भाद्र २६, पाेखरा। पाेखरा भलिवल ट्रेनिङ  सेन्टरकाे अायाेजनामा छन्तयाल समाज घर पाेखरामा भएकाे पुरूष भलिवल पानी पर्दा स्थगित भएकाे छ।
२२ गतेबाट सुरू भएकाे खेलमा पुरूष तर्फ एपिएफ र मामा भान्जा काठमाण्डाै फाइनलमा भिडेका छन्।
१- १ सेट जित हासिल गरेका दुवै टिमले तेस्राे म्याचमा पानी पर्दा खेल राेकिएकाे हाे। जसमा एपिएफले १६ र मामा भान्जाले १७ प्वाइन्ट ल्याएकाे छ।
त्यसैगरी महिला भलिवल प्रतियाेगितामा एशियन शुज लामाचाैर प्रथम र अर्चलवाेट भलिवल दाेस्राे भएका छन्।
प्रथम पुरस्कार पुरूषतर्फ नगद १ लाख र द्वितियलाई नगद ६० हजार र महिला तर्फ नगद ४० हजार र २५ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेकाे छ ।