पोखरा उद्योग वाणिज्य संघको उपमहासचिव पदमा उम्मेदवार दर्ता गरेकी शोभा गौतमले सजिलै जित्ने बताइएकी छिन् ।

अघिल्लो निर्वाचनमा लोकप्रिय मतका साथ विजयी बनेकी शोभाले आफ्नो कार्यकालमा सबै उद्योग व्यवसायिको मनमा बस्ने गरी काम गरेको हुँदा सबैले मनपराउने उनको उद्घोष रहेको छ।

“म कुरामा भन्दा पनि बढी कामलाई प्राथमिकतामा दिएर काम गर्छु भने मेरो उम्मेदवारी महिलाहरुको समेत प्रतिनिधित्व हो त्यसैले मेरो उमेदवारी सबैको रोजाइ आवश्यक रहेको छ”, उनले भनिन्।

१६ बर्षको कलिलो उमेरमै विवाह गरेर पराइ घर पुगेकी शोभा लाई ब्यबसायमा हात हालिहाल्नु कम चुनौती पक्कै थिएन र पनि उन्ले कलिलो उमेरमै हिम्मत गरिन र हाल पोखरा उधोग बाणिज्य सघको भवन रहेको ठिक अगाडि चिया पसल सुरु गरिन । उधोग बाणिज्य सघमा हुने हरेक कार्यक्रम र मिटिङमा उनी आफै चिया खाजा बोकेर पुर्याउने काम गर्थिन ।

उनी तेहा लामो समय चिया पसल गर्दा बेला बेला हुने गरेका अधिबेशन र चुनाबि रौनक पनि नजिक बाट नियाल्ने गर्थिन तर उन्को मनमा व्यापार कसरी बढाउने र परिवार कसरी पाल्ने मात्रै ध्यान थियो ।

पछिल्लो समय बिस्तारै ब्युटिपार्लर सिक्न लागिन र उन्ले महेन्द्रपुलमै ब्युटी पार्लर खोलिन करिब १० बर्ष ब्युटी पार्लर सन्चालन गरेकी उनको मन तेस्मा पनि अडिएन र उनी फेरि इभेन्ट म्यानेजमेन्ट सग सगै बिज्ञापन क्षेत्रमा लागिन । पछिल्लो समय पोखरामा ठूला साना इभेन्ट आयोजना गर्नुपरे आजभोलि धेरैले लिन गरेको नाम हो शोभा गौतम ।

सार्वजनिक सभा, समारोहमा पनि अतिथिका रुपमा उनैलाई डाक्छन् । बिज्ञापन क्षेत्रमा निरन्तरता दिएकी उनी हाल नेपाल बिज्ञापन सघ गन्डकी प्रदेशको अध्यक्ष समेत रहेकी छन ।

पछिल्लो समय उनी सामाजिक क्षेत्रमा पनि सकृय रुपमा कृयाशिल छिन मानवसेवा आश्रम , लायन्स क्लब , शृजनशिल नेपाल लगाएतका थुप्रै सघ सस्थामा कृयाशिल छिन । लामो ब्यबसायिक र सामाजिक कृयाशिलतामा रहेकी उनी जुन सघको भवन अगाडि चिया पसल सुरु गरिन तेहि भवन पोखरा उधोग बाणिज्यको ३३ औ महाधिवेशन बाट सर्वाधिक मत ल्याएर कार्यसमिती सदस्यमा निर्वाचित बनिन र आसन्न भाद्र २४ र २५ गते हुने ३४ महाधिवेशनमा उनी उप-महासचिब पदमा उम्मेदवारी प्रस्तुत गरेकी छन ।

यस अघि विभिन्न उप -समिती र कार्यसमितीमा बसेर काम गरेको अनुभवका आधारमा आफू अगाडि बढ्ने र ब्यबसायी सग चुनाबमा मात्र नभै हरेक समयमा नजिकमा रहेर काम गरेको आधारमा नै आफुले चुनाब सजिलै जित्नेमा बिश्वस्त गरेको पनि उपमहासचिब उम्मेदवार गौतमले बताइन । लामो ब्यबसायीक यात्रा र सामाजिक क्षेत्रमा डुबेकी उम्मेदवार हुन शोभा गौतम |