पोखरा । पोखरा उद्योग वाणिज्य संघको भदौ २४  २५ गते हुन गईरहेको ३४ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले बिहिबार पदाधिकारीसदस्य उम्मेदवारहरू सहितका प्यानल घोषणा गरेका छन्।

पोखरामा पत्रकार सम्मेलन गर्दै अध्यक्षका प्रत्यासी पोखरेलले चुनावलाई एउटा प्रकृयाको रूपमा लिएको र संघमा लागेदेखि अहिलेसम्म पराजय भोग्नु नपरेको स्मरण गर्दै प्रतिष्पर्धाबाट कत्ति पनि नडराएको बताए  दुई अलग अलग प्यानल छ, चार चार कार्यकाल सेवा गरिरहेका साथीहरू बाहिर रहेका छन्, उनीहरूलाई मैले समेटेको छु । पोखरेलले भने एकैपटक नेतृत्व खोज्न आएको पनि होईन  सदस्य हुँदै क्रमशः उपमहासचिवमहासचिव र उपाध्यक्ष भएर  कार्यकालले परिपक्व बनाएको   संघलाई हाँक्नका लागि सक्षम् उम्मेदवारहरूको टिम पनि बनाएका छौं 

सो अवसरमा पोखरेल आफ्नो प्यानलको घोषणा गर्दै अध्यक्षमा अर्जुन पोखरेलवरिष्ठ उपाध्यमा हरिहर सापकोटाउधोग उपाध्यक्षमा देवेन्द्र केसीवाणिज्यतर्फ मुना बास्तोलामहfसचिवमा केशब बहादुर खत्रीउपमहासचिवमा हर्क बहादुर अधिकारी  कोषाध्यक्षमा हरिराज पन्त रहेका छन 

त्यस्तैसदस्यका उम्मेदवारहरूमा भरत केसीधर्मेन्द्र बाटाजुमाधव बस्ताकोटीउदय बहादुर केसी, दिलिप श्रेष्ठदुर्गा रञ्जित श्रेष्ठकृष्ण कोईरालाहिमनिधि लौडारी  महेन्द्र पौडेल रहेका छन 

पोखरेलले सम्पूर्ण उद्योगीव्यवसायीलाई समेटेर आफूले संघको नेतृत्व गर्ने बताए  आफूले संघमा निरन्तर संघर्ष गरेर काम गरिरहेको बताउँदै पोखरेलले सबैको साथबाट अध्यक्ष बन्ने विश्वास व्यक्त गरेका छन् 

पोखरेलले विगतका कमजोरीलाई सुधार्दै संस्थालाई अझै बलियो  सबैले अपनत्व गर्न सक्ने साझा संस्थाकारुपमा स्थापित गर्न समूहका केही प्रतिबद्धताहरु समेत सार्वजनिक गरेका छन ।उनले आफ्ना ८ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका हुन् ।

पोखरालाई आधुनिक  व्यवस्थित शहर बनाउने नेतृत्व लिएको पोखरा उद्योग बाणिज्य संघ विस्तारै समुदायबाट टाढा हुँदै गएको अनुभुति आम पोखरेलीले गरिरहनुभएको कुरालाई नकार्न सकिँदैन, हिजोका दिनमा अग्रजहरुले जसरी संघलाई समुदायसँग जोडेर आफ्ना अभियानहरु चलाउनुभएको थियोत्यस्तै आकर्षण आगामी कार्यकालमा बढ्ने  संघलाई सबै पोखरेलीको ‘साझा घर‘ को रुपमा विकास गर्ने प्रण गर्दछौं 

पछिल्ला वर्षहरुमा पोखरा उद्योग वाणिज्य संघले निकै ठूलो आर्थिक संकट व्यहोर्नुपर्यो, जसका कारण कर्मचारी कटौतीदेखि वार्षिक कार्यक्रमहरुमा समेत संशोधन गर्नुपर्यो आउँदो कार्यकाल उद्योग वाणिज्य संघलाई आर्थिक रुपमा सवल  सक्षम बनाउने तर्फ केन्द्रित हुने  त्यसका लागि हाल भैरहेको संघको भवनलाई पुनः निर्माण गरि बहुतले भवन बनाएर ब्यापारिक प्रयोजनमा उपयोग गर्नुपर्ने   जहाँ  वटा पार्किङ वटा ब्यापारिक कम्प्लेक्स  संघको कार्यालय बन्ने  

. संघीय संरचनापछि पोखरा उद्योग बाणिज्य संघको भूमिका झनै बढ्नुपर्नेमा कमजोर हुँदै गएको गुनासो पत्रकार ज्यूहरुले पनि नगर्नु भएको होइन  नागरिकका आम चासो  समस्या दैनानुदिन बढिरहेको   सरकार नागरिकबाट टाढा हुँदै गएको अहिलेको अवस्थामा सरकारजनताबीचको दुरी घटाउने पुलको रुपमा उद्योग बाणिज्य संघले काम गर्नेछ। दुवै पक्षको विश्वास जितेर समृद्ध पोखरा निर्माणका लागि अझै दरिलो संस्थाको रुपमा स्थापित गर्नेछौं 

यति भनिरहँदा उद्योग बाणिज्य संघको सबैभन्दा पहिलो दायित्व  उद्योगी व्यवसायीको हक हित नै हो संघमा आवद्ध भएका/नभएका उद्योगी व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्नु संघको प्रमुख दायित्व हो उनीहरुको अधिकारराज्यले दिनुपर्ने सहुलियतलगानीको सुरक्षानयाँ लगानी भिर्त्याउन प्रोत्साहन लगायत कामहरुमा संघले निष्पक्ष भएर काम गर्ने   साथै संघ प्रति नयाँ व्यवसायीहरुलाई आकर्षित गर्न विभिन्न कार्यक्रमहरु आयोजना गरिने   जस्तैः मेलादर्ता नवीकरणसिफारिसव्यवसाय कर संकलनआवश्यक पैरवी लगायत 

पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत स्थानीय व्यापार इक्युवेसन सेन्टरको स्थापना गरिनेछ  जसले विशेष गरेर साना तथा मझौला उद्योग ब्यवसाय  स्टार्ट अपहरुलाई उनीहरुको व्यवसायको विकास  बृद्धी गर्न प्रत्यक्ष सहयोग गर्ने   उद्यमीहरुलाई प्रारम्भिक चरणमै विजनेस मेन्टरिङ सेवा प्रदान गर्ने  

पोखरा नेपालको पर्यटकीय राजधानी हो । पोखराको अर्थतन्त्र पर्यटनका लागि अपरिहार्य रहेको कुरालाई मध्येनजर गर्दै पोखरा उद्योग वाणिज्य संघले पर्यटन व्यवसायलाई प्रबर्द्धन गर्न  नयाँ पर्यटकलाई आकर्षित गर्न क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको सन्चालनलाई माध्यम बनाएर पोखरालाई अन्तराष्ट्रिय पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नेछौं

आगामी  वर्षको कार्यकालभित्र प्रदेश  स्थानीय सरकारसँगको समन्वयमा ‘पोखरा लगानी सम्मेलन‘ को आयोजना गर्नेछौं यसबाट विदेशी लगानी भित्रिने  भने स्थानीय लगानी कर्तालाई समेत थप लगानी गर्न प्रेरणा मिल्ने  

पोखरा उद्योग वाणिज्य संघले अन्य देशका चेम्बर अफ कमर्ससँग त्रिपक्षीय सम्बन्ध स्थापित गरिने  । जसले सदस्यहरुलाई प्राविधिक ज्ञान आदान प्रदान गर्ननयाँ ब्यापार अवसरहरु खोज्न साझेदारी विचारहरुसांस्कृतिक मुल्य  परम्परा आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने  साथै नयाँ साझेदारी अवसरहरुको खोजीका लागि सदस्यहरुको बैदेशिक भ्रमणलाई बढवा दिइने   पोखरा महानगरपालिका, NYEF, LCCI, CNI, FNCCI, FNCSI  अन्य संस्थाहरुसँगको सहकार्यलाई प्रभावकारी बनाइनेछ।