नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले हरितालिका तिजको महत्व अहिलेको समाजमा झनै महत्व रहेको बताए ।
बुधबार नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर १७ ले तिजको अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै शर्माले बिकृति र बिसंगतिलाई हटाउंदै समुन्नत समाजका लागी लाग्न समेत आह्ववान गरेका छन् ।
सभापति शर्माले तिज पर्बको लगत्तै देश आमनिर्वाचनमा होमिएको हुनाले आगामी निर्वाचनमा कांग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गरे । ब्यक्तिगत स्वतन्त्रता, मानव अधिकार र पुर्ण प्रजातन्त्र कांग्रेसले मात्रै दिन सक्ने हुंदा घर घरमा यहि कुरा बुझाउन कार्यकर्ता लाई निर्देशन गरे ।
त्यसैगरि पार्टीका प्रदेश प्रबक्ता माधबप्रसाद बास्तोला (मधु) ले तिज पर्बलाई बिकृतितिर धकेलिने हो कि भन्ने समाजमा चिन्ता बढ्दै गएको हुनाले सबैमा चनाखो हुन आग्रह गरे ।
कार्यक्रममा संबिधानसभा सदस्य वृन्दादेबी राना, महासमिती सदस्य सरस्वती गुरूङ, महासमिति सदस्य कोपिला तिवारी, महाधिवेशन प्रतिनिधि नम्रता बराल, लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम पोखरा महानगर पालिका वडा नम्बर १७ का काबा सभापती डिआर भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उप–सभापति रामप्रसाद सुबेदी र सन्चालन सचिब बिनय गुरूङले गरेका थिए ।