पर्वत: फलेवास नगरपालिकाकी उपप्रमुख शोभा कुमारी क्षेत्रीले महिला दिदीबहिनीहरुलाई व्यवसायी एवम् उद्यमी बनाउन सकेमा मात्र नगरपालिकालाई समृद्ध बनाउन सकिने बताएकी छन्।
धेरै महिला दिदीबहिनीहरुका गुनासाहरु सुनेको बताउँदै उनले त्यसको समाधानको लागि विकल्प भनेको स्वरोजगार व्यवसायि बनाउनुपर्ने उनले ध्येय रहेको छ।
महिला दिदीबहिनीहरुको दुःखमा सारथी बनेर काम गर्ने आफ्नो मुल उद्देश्य रहेको हुँदा अन्याय अत्याचारमा परेका पीडित महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन सक्ने हो भने उनिहरुलाई पुरुषको कमाईको साहारामा बाँच्नु नपर्ने र आफ्ना समस्याहरु सँग जुध्नको लागि सक्षम रहन्छन्, उनले भनिन्, “हामी अरुको कमाईमा निर्भर हुन्छौं, परिवारको आर्थिक भार एकजनाको भरमा पर्छौ, अनि कमाउन विदेशको मुख ताक्नुपर्ने अवस्था आउछ, कृषिमा आवद्ध हुन्छौं तर व्यवसायि बन्दैनौं यावत समस्याको सिकार महिला दिदीबहिनी बन्नुपरेको छ।”
जनताको घर–घरका समस्या आफूले नजिकबाट देखिएको र बुझेको हुँदा त्यस्ता समस्याको समाधानका लागि आफूले विगतमा बटुलेको अनुभवबाट समस्या समाधानको लागि हिक्मत लिएर अगाडि बढेको उनले बताइन् “कृषि क्रान्तिको लागि म आफै सानो बाटो सुरु गरेको अहिले व्यवसायिक भएको छु। घर चलाउनको लागि आर्थिक रुपमा अरुको भर पर्नुपरेको छैन।”
महिला दिदीबहिनीहरुको अपेक्षा अनुसार ५ वर्ष काम गर्नको लागि तयार भइ आएकोले अप्ठारा र समस्याका बावजुद महिला दिदीबहिनीहरु विदेशमा गएर श्रम बेच्नुपरेको हुँदा उनिहरुलाई व्यवसायिक रुपका सीपमुलक तालिम, कृषि सम्बन्धि प्रशिक्षण, सामुहिक उत्पादनमा जोड लगायतका योजना अगाडि बढाएको बताउँदै उनले भनिन् “सुत्केरी महिलासँग, कृषिसँग महिलासँग, महिला नेतृत्वको लागि तालिम र महिला दिदी बहिनीहरुसँग उपमेयर” जस्ता कार्यक्रमहरु पालिकाले ल्याएको हुँदा व्यवसायिक, दक्ष र सक्षम महिला बनाउनको विशेष योगदान पु¥याउने अपेक्षा रहेको जानकारी गराइन्।
महिला दिदीबहिनीहरु व्यवसायी, कृषि उद्यमी र स्वरोजगार बन्न चाहनेहरुको लागि सक्दो सहयोग गर्ने बताउँदै उनले सहकार्यको लागि सम्पर्क गर्न अनुरोध समेत गरेकी छन् । “श्रीमानको कमाई होइन अब आफैले कमाउने बातावरण सृजना गर्नको लागि विशेष महिला उद्यमी योजना नगरपालिकामा ल्याएका छौ, जसले आगमी वर्षमा धेरै महिला दिदीबहिनीहरुको आर्थिक आयआर्जनको लागि विशेष भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छु ।”
सरकारसँग योजनामा आवद्ध भएर अनुदान लिई काम गर्न सहज भएको र त्यसको लागि चाहिने आवश्यक कागजात, काम गर्ने तरिका, भावी दिनमा हुने फाइदा विषयमा रहेर आफूले सहयोगीको रुपमा काम गर्दै आइरहको उनले बताइन्। महिला स्वरोजगार आजको अवश्यकता किन त ? भन्ने उदाहरण पालिका बनाउनको लागि उनिहरुलाई आवश्यक तालिम प्रदानको लागि आफूले सक्दो सहयोग गर्ने प्रण गरिन।
उपमेयर क्षेत्रीले कृषि क्षेत्रमा क्रान्ति गर्ने सोंचका साथ सानो लगानीबाट सुरु गरेको व्यवसायि अहिले व्यवसायिक रुपमा अगाडि बढिसकेको छ। इमान्दारिता पूर्वक काम गरेर अगाडि बढ्ने हो भने कृषि क्षेत्रबाट महिलाहरु व्यवसायि बन्न सक्छन् भन्नका लागि उनि एउटा उदाहरणको पात्र बनेकी छिन् । उपमेयर हुनुभन्दा पहिला कृषि क्षेत्रमा रमाउने उनि अहिले पनि फुर्सदको समयमा काम गर्ने बताउछिन्। भने हाल उक्त व्यवसाय आफ्ना श्रीमानले कृषि व्यवासाय सम्हाल्दै आएका छन्। हाल उनको फर्ममा १५ वटा गाई पालन गरेको र तरकारी लगायत उत्पादन गर्दै आइरहेको छ।

फलेवास नगरलाई सक्षम बनाउनको लागि महिला दिदीबहिनीहरुले आफूलाई विश्वास गरि दिएको मतदानको कदर गर्दै उनिहरुका सपनालाई साकार पार्नको लागि दिनरात नभनी खटिने प्रतिवद्धता व्यक्त गरेकी छन्।
आशा छ, उनको मेहनत र त्यागले फलेवास नगरपालिकालाई समृद्ध बनाउन विशेष योगदान मिलोस्, शुभकामना ।