आफ्नै सालाको कर्तुतका कारण मेयरको पद धरापमा भएकोे तीज गीत “मेयरको सालो”को बजारमा आएको छ ।

नेपाली हिन्दु महिलाहरुको चाड हरितालिका तीजको अवसरमा लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले “मेयरको सालो” बोलको गीत लिएर आएका छन्, व्याङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको उक्त गीतले असल राजनीतिक दलका नेताहरु पनि आफ्नै परिवार र आफन्तको कारण बदनाम हुनपरेको जस्ता घटनालाई उक्त श्रव्यदृश्यमा देखाउन खोजेका छन् ।
उक्त गीतमा जनताको दुःखमा सारथी बनेर भन्दै भोट मागेर निर्वाचित भएका मेयरलाई आफ्नै श्रीमती र सालाको बदमासीका कारण जनताले मेयरको राजीनामा माग गरेको भिडियोमा देखाइएको छ ।
समाजमा बढ्दै गएको विकृति र विसंगतिलाई चिर्नको लागि मेयरको सालोले अहम भूमिका निर्वाह गर्ने विश्वासका साथ तीज गीत बजारमा ल्याएको गायक घिमिरेले बताए। उनले भने “समाज रुपान्तरण गर्नको लागि पालिका प्रमुखको मुख्य हात रहन्छ तर प्रमुखको कारण वा समाजका केही व्यक्तिको व्यक्तिगत फाइदाको लागि प्रमुखले समयमा सोंच विचार नगर्ने हो भने कुन बेला गलत ठाउँमा पुगिन्छ थाहा हुन्न, यो गीतले भर्खरै नवनिर्वाचित जनप्रतिनिधिहरुले आफुलाई जनताको सेवक बनाउनको लागि केही भएपनि सहयोग गर्नेछ ।”
चन्दन डिजिटल म्युजिक प्रा लि को प्रस्तुति रहेको गितमा केशव घिमिरेको शब्द, लय, स्वर रहेको छ, भने महिला स्वरमा बसन्ती थापा मगरको आबाज रहेको छ । गणेश सापकोटाको छायांकन, केशब घिमिरेको परिकल्पना निर्देशन, सुबाश अम्गाइको सम्पादन, श्रीङ्गार बिनिता पौडेल, फलानो क्रियशनको दृश्य निर्माण रहेको छ । यो गितलाई चन्दन म्युजिकको युटुब च्यानल मार्फत हेर्न सकिन्छ। तिज यसै पनि मनमा लागेका कुरा दुःख बेदना पोख्ने चाड भएको हुनाले देशमा अहिले भैरहेको राजनीतिक परिदृश्य, विभिन्न ठाउँमा आफ्ना आफन्त लाई पहुँचको भरमा पद दिने, घर गाडी सम्पति जोडने, आफ्नो मान्छे नेता हुँदा के–के सम्म गरिन्छ भन्ने कुरा व्यंग्य गर्दै गित तथा भिडियो मार्फत देखाइएको छ । एउटा पात्र खडा गरेर उसकै वरिपरि कथा घुमाइइएको यो गित काल्पनिक भए पनि बास्तबिकता झल्किएको महसुस गरिन्छ ।
यस गीतको भिडियोमा केशव घिमिरे, दिपक पोखरेल, मेनका रानाभाट पौडेल, मिलन दुलाल, सन्तोष पौडेल, मुन्द्रेमान श्रेष्ठ, निर्मला अर्याल, कमल सुनार, राज आचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।
पर्बतको कार्कीनेटामा जन्मिएका घिमिरे युवा ब्यबसायी पनि हुन भने बिगत १८–२० बर्ष देखि पोखरामा नै बसेर साङीतिक क्षेत्र र ब्यबसायमा निरन्तर लागिरहेका छन।
करिब २०० जति गीत बजार मा ल्याइसकेका बताउने घिमिरे को पछिल्लो गीत “मेयरको सालो”ले पनि सफलता पाओस् हाम्रो शुभकामना ।