नेपाली कांग्रेस फलेवास पोखरा सम्पर्क समितिद्वारा स्थानीय तह निर्वाचन–२०७९ मा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, शुभकामना तथा सम्मान गरेको छ ।
होटल लिवट्री पोखरामा शनिवार भएको कार्यक्रममा फलेवास नगरपालीकामा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेद्वार दिई निर्वाचित भएका जनप्रतिनिधिलाई अविर, माला, दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको हो ।
कार्यकममा बोल्दै प्रमुख अतिथि तथा नेपाली कांग्रसका पूर्व केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य अर्जुन प्रसाद जोशीले स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा पर्वत जिल्ला मै फलेवास नगरपालिकामा क्रियशिलको आधारमा सबैभन्दा बढी प्रगति भएको उल्लेख गरेका छन् ।
फलेवास नगरपालिकामा नगरप्रमुख र ६ वटा वडा अध्यक्ष एवम् अन्य सदस्यहरु कांग्रेसको तर्फबाट निर्वाचित हुनु खुसीको कुरा भएको र आगामी दिनमा जनताको मनमा विझेका दुःखका काँडाहरुलाई निकाल्न सबै जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
जनप्रतिनिधिहरु जनताको सेवक भएको हुँदा राम्रा कामको स्यावासी तथा नराम्रा कामको आलोचना र खबरदारीको आवश्यक रहेको बताउँदै सामाजिक सञ्जालमा आलोचना गर्नुभन्दा पनि जनप्रतिनिधिहरुलाई नै भेटेर खबरदारी गर्दा सत्यतथ्यको जानकारी र सच्चिने मौका मिल्ने बताए।
जनताको भावनाको लागि लड्दै गर्दा नेपाली कांग्रेस सडकबाट कुर्चीमा पुगेको र अब आफ्नो हातमा नेपाली कांग्रेसको सम्पूर्ण क्षमता भएको बताउँदै उनले भने “काम गर्ने बेला आएको छ, अब जनताका समस्या समाधान तर्फ लाग्नुपर्छ, चुनाव जित्न एक पटक सजिलो भएपनि सधै जनताको मन जित्न गारो छ, जनताले फेरी उही सडकमा नपु¥याउलान भन्न सकिन्न” उनले भने ।
नेपाललाई समस्या आइ परेको बेला काँध थाप्दै नेपाली कांग्रेस आएको बताउँदै अप्ठारो समयमा मुलुक र प्रजातन्त्र जोगाउन कहिल्यै पछाडि नहटेको उनले जिकिर गरे ।
उनले उक्त कार्यक्रममा बोल्दै आगामी मंसीरमा हुने दावी गरिएको संघीय र प्रदेश निर्वाचनमा आफूले भाग नलिने उद्घोष गरेका छन् । पार्टीले आफूलाई धेरै लगानी गरेकाले आफुले त्याग गर्नुपर्ने समय आएको छ, उनले भने “नेपाली कांग्रेस पार्टीले मलाई ४ पटक सम्म निर्वाचनमा टिकट दिएर ठूलो गुन लगाएको छ, मैले ऋण तिर्ने बेला आएको छ, मलाई पार्टीले जहाँ खटाउछ त्यस ठाउँमा अग्रमोर्चामा रहेर भूमिका निर्वाह गर्छु, निर्वाचनमा जाने मलाई चाहना छैन, टिकट जस्ले ल्याउछ म उसैलाई सहयोग गर्छु ।”
देश बनाउनको लागि राजनिति र नेताको महत्वपूर्ण भूमिका रहने भएको हुँदा सही राजनीति प्रशिक्षण र दक्ष, इमान्दार र कर्मठ नेताको आवश्यक रहेको हुँदा जनप्रतिनिधिहरुले सके राम्रो गरौ नसके नराम्रो नगर्न सुझाव दिएका छन् ।
त्यसैगरी नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयका पुर्व मुख्य सचिव तथा पुर्व सांसद ऋषिकेश तिवारीले जनताको लागि काम गर्नको लागि अवरोध गर्न नहुने बताउँदै विरोधका लागि विरोध गर्नुले कुनै अर्थ नराख्ने बरु त्यसले भावी दिनमा आफूलाई नै असर पु¥याउने जानकारी गराए ।
जनता भनेको परिवार र जनप्रतिनिधि भनेको अभिभावक रहेको बताउँदै जनताले गर्ने विरोध भनेको राजनितिमा गहना भएको जानकारी गराए। “जब विरोध हुन्छ अनिमात्र गलत भएको थाहा हुन्छ, कहिलेकाही काम गर्ने क्रममा राम्रो गर्दा गर्दै पनि त्यसको नकरात्मक असर देखिन सक्छ, त्यसलाई पुनर्विचार गर्न जनताले ढकढक्याउनु आवश्यक हुन्छ,” उनले भने, “हामीले स्थानीय निर्वाचनमा बाचा गरेका छौं, जनताको दुःखमा मलम लगाउछु भनेका छौं, अब जनप्रतिनिधिहरु काममा तल्लिन भएर लाग्नु पर्ने बेला आएको छ, समस्या धेरै छन्, समाधान खोज्नुपर्छ, समस्या सँग जुध्नको लागि आएको हुँदा विज्ञहरुसँग सल्लाह सुझाव सहित अगाडि बढ्नुपर्छ ।”
केही ठाउँमा जनप्रतिनिधिहरुलाई प्रतिपक्षले काम गर्न नदिएको गुनासो आएको बताउँदै जनताको काम गर्न तथा विकाशका काममा विरोध भएमा जनतासामु प्रत्यक्ष लाइभ डेलिकाष्ट गर्न पनि पछि पर्नुहुन्न नेता तिवारीले भने, असम्भव भनेको मुर्खको शब्दकोषमा मात्र हुने भएको बताउँदै देशका लागि केही गर्छु भनि राजनितिमा लाग्नेले असम्भवलाई पनि सम्भव बनाएर काम गर्न सक्ने योग्य नेता बन्नसक्नुपर्छ ।
त्यसैगरी सम्मानित फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारीले आफ्नो कार्यकालमा जनताको दुःखलाई नजिकबाट नियालेको बताउँदै समस्याको समाधानमा निःशुल्क रुपमा आफू ५ वर्ष कटिवद्ध भएर लाग्ने जानकारी गराए।
आफू निर्वाचित भएको छोटो समयमा नै नगरवासीहरुको समस्या समाधान गर्नको लागि अगाडि बढेको जानकारी गराए । नगरपालिकामा देखिएका समसामयिक विषय कालिगण्डकी हाइटेन्सन लाइन, नगर अस्पतालको समस्या समाधान गर्न लागिएको बताउँदै उनले भने “देशको विकास को लागि विद्युत आवश्यक रहेको र फलेवास नगरमा बन्न लागेको रंगशाला नगरकै गहना भएको हुँदा हाइटेन्सन लाइन र रंगशालालाई जोगाउन केन्द्र सरकारबाट नै ३ विकल्प अगाडि सारेको र नगरलाई फलदायी हुने बताए। जसमा हाइटेन्सन लाइन केही अगाडि सारेर लैजाने, जग्गाधनीलाई मुअब्जा दिएर हाइटेन्सन सार्ने अथवा जनताले जहाँबाट चाहेका छन् त्यहाँबाट लैजाने नगरप्रमुख तिवारीले भने ।
त्यसैगरी डिपिआर विनानै अघिल्लो सरकारले फलेवास नगर अस्पतालको काम सुरु गरेको हँुदा समस्या देखिएको हुँदा त्यसको समाधान भइसकेको र केही दिनमा नै फलेवास नगर अस्पतालको काम सुरू हुन लागेको जानकारी गराए ।
नगर प्रमुख तिवारीले फलेवास नगरपालिकामा बर्खाको समयमा यातायात सुचारु गर्न कठिन भएको हुँदा गाडी गुड्न नसक्ने र त्यसको निकासको लागि ५ वर्ष भित्र मुख्य सडक पिच गर्ने वा कम्तिमा ग्राभेल गरेर भएपनि समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, नगरले नगरबस सन्चालन गर्ने योजना अगाडि बढाएको हुँदा इच्छुक व्यक्तिले नगरबस सञ्चालनमा ३० प्रतिशत रकम अनुदान दिने घोषणा गरे ।
फलेवास नगरपालिकालाई विकाशको गतिमा बढाउन सम्पूर्ण नगरवासीले हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताउँदै स्वास्थ्य क्षेत्र संवेदनशिल भएको हुँदा चाँडैनै नगर एम्वुलेन्स सन्चालन गर्न लागेको बताए ।
उक्त कार्यक्रममा नेपाली कांग्र्रेसका पर्वतका उपसभापति शिवप्रसाद सुवेदी, जिल्ला सदस्य प्रमोद पाण्डे, नेपाल निजामति संघ केन्द्रिय सल्लाहकार किरणराज तिवारी, नेपाली कांग्रेस पर्वत पोखरा सम्पर्क समाजका अध्यक्ष बलभद्र शर्मा, सचिव रामप्रसाद भुर्तेल, नेपाली कांग्रेस फलेवास पोखरा सम्पर्क समितिका उपाध्यक्ष गणेश शर्मा, सहसचिव रमेश थापा, तरुण दल पर्वतका सचिव सागर भुषाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। त्यसैगरी सम्मानित फलेवास वडा नं. ६ का वडा अध्यक्ष नवीन कुमार श्रेष्ठ, वडा न ९ का हितमान गुरूङ, वडा न १ का चोलाकान्त पाध्या, वडा न १० का अमर बहादर क्षेत्री, वडा न ३ का अर्जुन बहादुर कार्की, नेपाली कांग्रेस पर्वतका सहसचिव तथा वडा न ४ अध्यक्ष अच्युत तिवारी लगायतले कार्यक्रममा बोल्दै “समितिले सम्मान गरेर आफूलाई अझ कामको थप जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गर्दै आफूहरु जनताको सेवक रहेको” जानकारी गराएका थिए ।
समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव विनोद पौडेलले सञ्चालन गरेका थिए।