फलेवास नगरपालिका वडा न १ कार्कीनेटामा विश्वहिन्दु महासङ्घ वडा समिति जागेश्वर शर्माकाे सङ्याेजकत्वमा सचिव तिलकराम सचिव रहने गरि गठन भएकाे छ। त्यसैगरी विश्व हिन्दु महासङ्घका बरिष्ठ उपाध्यक्ष शङ्कर खरालले भेलमा उपस्थित सम्पुर्णलाई साधारण सदस्यमा मनाेनयन गरेका छन्।
बरिष्ठ उपाध्यक्ष खरालले हिन्दुहरूकाे सस्कृति र सस्कार मास्न पश्चिमेलीहरू लागि परेकाे अाराेप लगाएका छन्। सहयाेग र विभिन्न बाहनाकाे नाममा वाइवल वाड्दै नेपालीहरूलाई धर्ममै भ्रम सिर्जना गराए, उनले भने ।
उनले सिद्दार्थ गाैतम हिन्दु रहेकाे र उनले बुद्त्व प्राप्त गरेपछि भगवान बुद्द बनेकाे हुदा हिन्दु र बाैदिष्ट फरक नभइ एउटै रहेकाे जानकारी गराउदै उनले सनातन हिन्दु धर्म अाेमकारमा गाेलबद्द रहनुपर्ने बताए।
उनले सस्कार र सस्कृति जाेगाउन एकबद्दता रहेर अगाडि बड्नुपर्ने जिम्मेवारी सम्पूर्ण अामजनमा रहेकाे जानकारी गराए।
साथै परापुर्वकालमा स्थापना भएका मठ, मन्दिर, पार्टी, पाैवा ईतिहास रहेकाे हुदा त्यसकाे सङ्ररक्षण गर्नुपर्ने बताउदै अाबश्यक सहयाेगकाे लागि विश्व हिन्दुमहासङ्घ तयार रहेकाे जानकारी गराए।
उनले राष्ट्र जाेगाउन नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने जिकिर गर्दै त्यसकाे लागि सम्पूर्ण नेपाली एकबद्द हुनुपर्ने बताए।
कार्कीनेटा वडाअध्यक्ष चाेलाकान्त पाध्याकाे अध्यक्षतामा भएकाे कार्यक्रम सचिव तिलकान्त शर्माले सन्चालन गरेका थिए।