शिक्षाशास्त्री समाजको अध्यक्षमा वाग्ले
शिक्षाशास्त्री समाजको अध्यक्षमा प्राध्यापक दिपकचन्द्र वाग्ले सर्वसम्मत निर्वाचत भएका छन्।
निर्वाचन संयोजक कृष्ण प्रसाद त्रिपाठीका अनुसार सर्वसम्मतरुपमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको बताए। जसमा सचिव डा. श्रीकृष्ण पन्थी, कोषाध्यक्ष खरिका देवी पराजुली, र सदस्यहरुमा दुर्गा शर्मा, हिममाया पौडेल, रेशम बहादुर सुवेदी र कल्पना ढुंगाना रहेका छन्।
नेपाल शिक्षाशास्त्री समाज पोखरा एकाइ समितिको आयोजनामा १० गते शैक्षिक गोष्ठी तथा अधिवेशन भएको हो।
पोखरा विश्वविद्यालयका उपकुलपति तथा समाजका केन्द्रीय अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.प्रेमनारायण अर्यालले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
दुई सत्रमा सम्पन्न भएको उक्त कार्यक्रमको पहिलो चरणमा अवधारणा पत्र सहीतको शैक्षिक गोष्ठी र दोस्रो चरणमा नयाँ एकाइ कार्यसमितिको अधिवेशन भएको थियो ।
आसनग्रहणबाट आरम्भ भएको कार्यक्रमको पहिलो चरणमा उप प्रा कृष्ण प्रसाद त्रिपाठीबाट स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कोषाध्यक्षले आफ्नो प्रतिबेदन सुनाएका थिए ।
कार्यक्रम संयोजक प्राध्यापक वाग्लेले एकाइका गतिविधि सहीत कार्यक्रमको परिचय तथा उद्धेश्य माथि प्रष्ट पारेका थिए।
अवधारणा पत्र माथि विस्तृत छलफल भएको उक्त कार्यक्रममा उप प्राध्यापक डा.श्रीकृष्ण पन्थीले अाफ्नाे अवधारणा पत्र प्रस्तुत गरेका थिए।
त्यसैगरी शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश प्रमुख, शिवशक्ति क्याम्पस प्रमुख र पृथ्वीनारायण क्याम्पस शिक्षाशास्त्र संकाय प्रमुख यादवराज अधिकारीले सुझावसहीत आफ्नो धारणा राखेका थिए। भने सहभागी प्राध्यापक तथा यस समाजका आजिवन सदस्यहरु: पितृराज बाँस्तोला, रेशम बहादुर सुवेदी, सन्जीवराज खनाल, खरिका देवी पराजुली, र हिममाया पौडेलले महत्वपूर्ण सुझावहरु दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि अर्याललाई मायाको चिनो दिनुका साथै उक्त कार्यक्रममा सम्मानितद्वय सेवा निवृत शिक्षाविद्व्यका सह प्राध्यापक प्रेम बहादुर राई र सह प्राध्यापक गोविन्द प्रसाद जोशीलाई प्रमुख अतिथि, विशेष अतिथि, तथा एकाइ अध्यक्षबाट प्रमाणपत्रसहीत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
करिब ५० जना भन्दा बढी सहभागी भएको उक्त कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा डा सराेज काेइरालाकाे विशेष आतिथ्य, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश प्रमुख अम्बिका प्रसाद आचार्य, शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख नारायण प्रसाद सुवेदी, शिवशक्ति क्याम्पस फूलबारीका क्याम्पस प्रमुख दिपक बाँस्तोलाको आतिथ्यता तथा पोखरा एकाइ समितिका अध्यक्ष प्राध्यापक दिपक चन्द्र वाग्लेको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रम उप प्राध्यापक सुशील शर्मा भट्टराईले सन्चालन गरेका थिए।
नयाँ कार्यसमितिको पदस्थापन र पुरानो समितिलाई धन्यवाद कार्यक्रम यहि असार १३ गते साँझ ४ बजे राखिएको नवनिर्वाचित अध्यक्ष प्राध्यापक दीपक चन्द्र वाग्लेले जानकारी गराएका थिए।