पोखरा |

हामीले सबैले सुनेकै छौं, सागसव्जी फलफूलमा पौष्टिक तत्व हुन्छ । यसले स्वस्थ बन्नलाई मद्दत गर्दछ । त्यतीमात्र नभई हामीले दैनिक सेवन गर्ने खानामा फलफूल र तरकारी मिसाउनु निकै नै लाभदायक मानिन्छ ।
स्वास्थ्य विज्ञहरुका अनुसार हामीले खाने फलफूलले स्वस्थ जीवनको लागि पोषक तत्व पनि छुट्टाछुट्टै खानाबाट प्राप्त हुन्छ । फलफूल र तरकारीको रंग जति गाडा हुन्छ त्यति नै बढि मिनरल्स, भिटामिन, तथा एन्टिअक्सिडेन्टको मात्रा बढि हुन्छ ।
पछिल्लो समय फलफूल तथा तरकारीलाई राम्रो र आकर्षक देखाउन विषादी हाल्ने चलन अत्याधिक बढेको छ । जसको लापरवाहीका कारण गम्भीर समस्याप्रति कसैको चासो देखिएको पाइदैन।
पोखरामा दैनिक एउटा वाल रोग विशेषज्ञकोमा ८ देखि १० जना वालवालिका फलफूलको कारण विरामीको सिकार परेका छन्। झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर २० देखि २५ जना विरामी बालवालिकाहरुको अभिभावकलाई सँग कुरा गर्दा उनिहरुले वालवालिका विरामी हुनुभन्दा करिब ४ देखि ८ घण्टा अगाडि आँप, अनार र खरबुजा (तरबुज) मध्ये कुनै एक खुवाएपछि वालवालिकालाई अचानक उल्टी भएकोे र केही समयपछि बच्चाको दिशा पातलो हुनुका साथै दिशामा रगत देखिएको बताएका छन्।
गण्डकी, चरक, जिएमसी, मनिपाल लगायतका हस्पिटलमा फलफूल खाएपछि भएका विरामी वालवालिकाहरुको चाप ह्वात्तै बढ्दै गएको छ। उनिहरुलाई आइसियुमा नै राखेर उपचार समेत गराउनु परेको उक्त हस्पिटलका वालरोग विशेषज्ञहरु बताउछन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ परामर्शदाता, बालरोग विशेषज्ञ तथा सहप्राध्यापक डा.रामचन्द्र बास्तोलाले “बजारमा आएका विषादीयुक्त फलफूल आफ्ना बालवालिकाहरुलाई नखुलाऊ.. धन्यवाद।” भनेर सामाजिक सञ्जालमा लेखेका छन्।
हामीले केही विशेषज्ञसँग जनकारी लिँदा अधिकांश पोखरामा इण्डियाबाट ल्याएको फलफूल र लामो समय राख्नुपर्ने फलफूललाई नपाकेको अवस्थामा ल्याइने र त्यसलाई बजारमा विक्री गर्ने समय हेरेर अघिल्लो दिन केमिकल हालेर पकाउने चलन अहिले बजारमा हुन सक्ने बताए। उनीहरुका अनुसार आँपलाई पहेलो, तरबुज, अनारको भित्री भाग रातो बनाउन र केरा पकाउनको लागि केमिकल प्रयोगबाट हुन सक्ने जानकारी गराएका थिए।
पोखरामा बालवालिकाहरु अचानक विरामी हुँदा अधिकांश फलफूलको कारण अभिभावक, डाक्टर, विशेषज्ञहरु बताउँदै जाँदा सम्बन्धित सरोकारवाला निकायले समयमा नै ध्यान दिनुपर्ने भएको छ। अन्यथा यसको जोखिमबाट अधिकांश वालवालिका मृत्युको सिकार बन्न सक्ने सम्भावना बढेको छ ।
विषधि युक्त फलफूलको कारण वालवालिकामा कस्तो असर देखिन्छ
विषाधियुक्त फलफुल सेवनको करिब ४ देखि ८ घण्टाको समयमा वालवालिकामा अचानक उल्टी हुन सुरु हुन्छ।
बालवालिका कमजोर र अल्छी बन्छ, नशा सेवन गरेजस्तो गरी झुम्म परेर बस्छ ।
दिशा पातलो हुनुका साथै दिशामा रगत देखिन्छ ।
केमिकल युक्त फलफूलको सेवनबाट शरिरमा हुने रक्तकोशको मात्रा आधा भन्दा बढी कम बनाउने हुँदा शरिरमा रगतको मात्रा कम हुने हुन्छ।
बच्चालाई समयमा नै उपचार नगराएमा मृत्यु सम्म हुन सक्छ।