कास्की , पोखरा ।
उन्नत लोकतन्त्र पार्टी कास्कीको निःशुल्क सेवा सहित शनिबार पोखरामा एक कार्यक्रम गरि तमसुक (घोषणा)पत्र सार्वजनिक गरेको छ।
उन्नत लोकतन्त्र पार्टी नेपाल, कास्की जिल्ला कमिटीको आयोजनामा स्थानीय निर्वाचन बिशेष कार्यक्रम भएको हो। उक्त कार्यक्रम बिहान ८ बजे पोखराको सिर्जना चोकबाट स्थानीय तह निर्वाचन लक्ष्यित कार्यक्रम सुरु भएको हो ।
भ्रष्टाचार रहित राष्ट्र निर्माणका लागि “शान्तिको लागि सुशासन” पदयात्रा कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जना चोक बाट शुरु भइ पृथ्वीचोक पुगेर कोणसभा गर्दै नव बर्ष २०७९ सालको शुभकामना आदानप्रदानको साथमा तमसुक (घोषणा)पत्र सार्वजनिक गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पुर्व सञ्चार कर्मी, साहित्यकार, कानुनका ज्ञाता अधिवक्ता, राष्ट्रवादी, एवम “उन्नत उन्नत लोकतन्त्र पार्टी नेपाल का सस्थापक अध्यक्ष स्वागत नेपाल सहित परराष्ट्र तथा प्रबुद्ध समिति संयोजक नेपाल बायुसेवा निगमका पुर्व महानिर्देशक वरिष्ठ क्याप्टेन के बि लिम्बु, प्रबक्ता रामराजा आचार्य, प्रबक्ता साजन बिश्वकर्मा, संगठन बिभाग प्रमुख सन्तोष अधिकारी, सचिवालय सदस्य शिवराम थापा सहित केन्द्रिय नेताहरुको उपस्थितिमा पोखरा महानगरपालिका नगर प्रमुख उम्मेदवार आशिष थापा(श्याम) ले सार्वजनिक गरेको तमसुक(घोषणा) पत्र मा दुबै औलाको छाप लगाइ स्थानीय पोखरा निवासी पृथ्वी चोक नेवाःखल अध्यक्ष केदार प्रसाद श्रेष्ठलाई तमसुक हस्तान्तरण गरिएको हो।
नगर प्रमुखका उम्मेदवार आशिष थापाले बिजय हासिल गरेमा शिक्षा, स्वास्थ, बिजुली ,पानी र आवास बिहिनहरुलाई आवास निःशुल्क उपलब्ध गराउने छन् । यदि तमसुकमा गर्छु भनेको काम गर्न नसकेको खण्डमा अदालतमा मुद्दा दायर गर्न पाइने संबैधानिक अधिकार रहेको छ । अदालतको आदेश अनुसार पदमुक्त हुने ब्यवस्था रहेको निर्वाचन आयोगका केन्द्रीय कानुन प्रवक्ताले केही दिन अघि दिएको अन्तर्वार्तामा पनि बताएका छन् । सोही कार्यक्रममा नेवाःखल अध्यक्ष केदार प्रसाद श्रेष्ठले आफ्नोे मन्तव्य क्रममा यी पुराना काङ्ग्रेस, कम्निष्ट, माओवादी लगायत राप्रपा दलहरूले बारम्बार धोका दिएर आजित पारेकाले पनि अब कसैले पनि बिश्वास गर्ने कुनै आधार नरहेको पनि मन्तव्यमा पनि बताए।
कार्यक्रममा अन्य राष्ट्रिय राजनीतिक पार्टीका सचेत नेपाली नागरिक उन्नत लोकतन्त्र पार्टीको बिचार नै अब नेपाल र आम नेपाली को एकमात्र निर्बिकल्प रहेको मन्तव्य राख्दै सदस्यता पनि लिएका छन् । सो कार्यक्रममा पोखराका स्थानीय बासीहरुको उपस्थिति रहेको थियो।
केन्द्रीय सस्थापक सदस्यहरुको टोलि पोखराबाट उन्नत लोकतन्त्र पार्टीको कार्यक्रम चितवन तर्फ अगाडी बढेको प्रबक्ता रामराजा आचार्यले बताउदै उन्नत लोकतन्त्र पार्टीको स्थानिय उम्मेदवार घोषणा भएका सबै पालिकाहरुमा कार्यक्रम रहेको जानकारी गराएका थिए।