कार्कीनेटा सम्पर्क समाज पोखराले स्थापना दिवसको अवसरमा शनिबार विरौटा आफ्नै कार्यालयमा विविध कार्यक्रम गरि मनाएको छ।
सम्पर्क समाजको पाँचौं वर्ष पूरा गरि छैठौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा केक काट्नुका साथै नयाँ वर्ष–२०७९ को शुभकामना, सम्मान–पत्र वितरण एवम् वार्षिक भित्तेपात्रो लोकार्पण गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष प्रेम प्रसाद शर्माले ब्यानरमा हस्ताक्षर गरि कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै उनले कार्कीनेटावासीहरुको दुःख र सुखमा हातेमालो गर्न को लागि सम्पर्क समाजको स्थापना भएको बताएका थिए।
“हामीले कार्कीनेटाबाट पोखरामा आइ स्थायी वा अस्थासी वासोवास गरेका सम्पूर्णलाई प्रतिनिधित्व हुने गरे उहाँहरुका सुख र दुःखमा साथ दिनका लागि स्थापना गरेका थियौं, हस्पिटलमा पैसाको कारण उपचारमा समस्या भएका, दुःखमा परेका कार्कीनेटा वासीहरुलाई सहयोग गर्ने र कार्कीनेटावासीहरु सँग आत्मियता बढाउनको लागि स्थापना भएको हो, उनले भने, आगामी दिनमा सम्पर्क समाजलाई आवश्यक सल्लाह तथा अन्य सहयोगको लागि सदा तत्तपर रहेको उनले प्रतिवद्धता व्यक्त गरेका थिए।
त्यसैगरी कार्यक्रममा बोल्दै समाजका अध्यक्ष सीता शर्माले कोभिडका कारणले धेरै कार्यक्रम गर्न नसकेपनि थोरै र महत्वपूर्ण कार्यक्रम गरेको जानकारी गराएकी थिइन्।
“हामीले कोभिडको कारण धेरै कार्यक्रम गर्न सकेनौ तर कार्कीनेटामा गरिएको बृहत स्वास्थ्य शिविर, २ जना मृगौला पीडितलाई ३ लाख ५० हजार भन्दा बढी रकम बराबरको आर्थिक सहयोग र वार्षिक भित्ते पात्रो प्रकाशन लगायत विविध कार्यक्रम गरिएको छ । अन्य कार्यक्रमहरु समेत गर्नको लागि हामी निरन्तर लागि रहेका छौं उनले भनिन्।
सम्पर्क समाजका बरिष्ठ उपाध्यक्ष केशव घिमिरेले समाजलाई अगाडि बढाउन सहयोग गर्ने सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गर्दै समाजलाई अझ बजवुद र उत्कृष्ट बनाउनको लागि आफ्नो राय, सल्लाह र सुझाव दिनुहुन कार्कीनेटावासीहरुलाई अनुरोध गरेका थिए।
त्यसैगरी समाजका उपाध्यक्ष हरि प्रसाद शर्माले संस्थाको स्थापनाको उद्देश्य र छैठौं वर्ष प्रवेश सम्ममा समाजले गरेका उल्लेखनिय कार्यक्रमको बारेमा जानकारी गराएका थिए।
उनले गरिब तथा निमुखा कार्कीनेटावासीहरुलाई मध्यनजर गर्दै स्थापना भएको आकस्मिक सहयाता कोषले गम्भिर विरामी भई आर्थिक समस्यामा परेका विरामीहरुलाई तत्कालै १० हजार र आवश्यक परेको अवस्थामा अभियान चलाएर आर्थिक संकलन गरि सम्बन्धित व्यक्तिलाई सहयोग गर्दै आएको जानकारी गराएका थिए।
भित्तेपात्रो प्रकाशन उपसमिति संयोजक हर्क जिटीले क्यालेण्डर छपाईमा सहयोग गर्ने सम्पूर्ण विज्ञापन दाता, उपसमिति सदस्यहरु तथा समाजका सम्पूर्ण पदाधिकारी, सदस्यहरु प्रति आभार व्यक्त गरेका थिए। उनले आर्थिक रुपमा मजबुद्ध बनाउनेका लागि क्यालेण्डरले एउटा इट्टा थप्ने प्रयास गरेको जानकारी गराएका थिए।
त्यसैगरी पुष १७ गते कार्कीनेटामा गरिएको बृहत स्वास्थ्य शिविरमा सहयोग गरेका सहयोगदाताहरुलाई कदरपत्र मार्फत सम्मान गरिएको बृहत स्वास्थ्य शिविरका संयोजक पदम श्रेष्ठले जानकारी गराए।
सम्मानीत हुनेहरुमा बाबुराम शर्मा (ड्रागन मार्ट), अर्जुन घिमिरे (विन्दवासिनी होटल), दिपक शर्मा (होटल रिदम एण्ड मेलोडि साँझ), सुन्दर श्रेष्ठ (होटल मित्र) र डिल्लीराम पौडेल रहेका छन्।
सम्मानीत बाबुराम शर्माले कार्यक्रममा बोल्दै सुरुको अवस्थामा सम्पर्क समाजमा आउन र सहभागी हुन उत्प्रेरणा भएपनि पछिल्लो चरणमा सम्पर्क समाजको जोश र जाँगर घटेको भान परेको बताएका थिए। नयाँ कार्यसमितिले अघिल्लो कमजोरी पत्ता लगाई अगाडि बढ्न सकेमा आफूले संस्थामा आवश्यक सहयोग गर्न र हातेमालो गरेर अगाडि बढ्ने इच्छा भएको जानकारी गराएका थिए।
सम्पर्क समाजका सचिव शिव प्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रम बरिष्ठ उपाध्यक्ष केशव घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष सीता शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।