उन्नत लोकतन्त्र पार्टी गण्डकी प्रदेशका संयोजक आशिष थापा (श्याम) ले पोखरा महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
२०७९ वैशाखमा हुन लागेको स्थानीय निर्वाचनमा नगर प्रमुखको रुपमा उम्मेदवारी दर्ता गराउने भनी आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्।
उनले “राइट टु रिकल, राइट टु रिजेक्टमा एकता, उन्नत लोकतन्त्र पार्टी, आजको आवश्यकता” भन्दै पोखरा महानगरमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी गराए।
अन्य कुनै बैकल्पिक पार्टी नभएको बताउँदै उनले “पन्चायत देखि लोकतन्त्र सम्म आउँदा केवल बोल्नु पाउने अधिकार सिवाय कुनै उपलब्धि पाइएको छैनौं । त्यसैले नेपालमा आजसम्म लोकतन्त्र आएकै छैन र राजनीति पनि नभएकोले नेपाल र आम नेपाली समेत स्वदेश देखि बिदेशीएका समेत पीडाले आकुलव्याकुल छन् । सर्बोच्च न्यायालयको आदेशमा समेत बेवास्ता गरिरहेका छन । सर्बोच्च द्रारा ८ बर्ष अघि नै जारी गरेको आदेशमा लोकतन्त्रमा जनताको लोकतान्त्रिक अधिकार राइट टु रिजेक्ट ÷रिकल को अधिकार लाई यी राष्ट्रिय दलहरूले लागु नगर्नु यसको प्रत्यक्ष उदाहरण हो। यसै कारण जनताले लोकतन्त्र मा समेत पन्चायती ब्यवस्था सरहको अवस्था रहेको छ तर पन्चायत भन्दा केही बोल्नु पाउने मात्रै अधिकार छ । जुन हामीले लिने शिक्षा पनि ब्यबहारिक नभई बोलिको भरमा हुने जस्तै समान पाएका छौं । यिनै यावत् समस्या दशकौंदेखि राज्यसत्ता हाकेका पुरानै कुनै दलहरुबाट समाधान नहुने भएकोले लोकतन्त्रको रक्षा गर्दै लोकतन्त्र लाई उन्नत बनाउनेतर्फ लाग्न विकल्प नभेटेपछि अब आफैं विकल्प बन्नुपर्छ,” भने ।
थापाले “अहिले नगरे कहिले गर्ने? हामीले नगरे कस्ले गर्ने ? भन्ने सोचका साथ धैर्य को बाध टुटेकोले नै मैले मेरो ब्यक्तिगत विवरण दिई आउने स्थानीय चुनावमा नगरप्रमुख को उम्मेदवारी दिएको छु, यहाँहरुको साथ र सहयोग अवश्य गर्नुहुनेछ,” भने।
पोखरा महानगर वडा नं. ९, नयाँबजार निवासी थापाले म्यानेजम्यान्टमा स्नातक र हाल कानुन शास्त्रको विद्यार्थी रहेका छन् । उनि सामाजिकहरु
नयाँ बजार क्लबको अध्यक्ष, मानवअधिकार तथा शान्ति समाज कास्कीको सदस्य, खुला चौर तथा ऐतिहासिक चौतारी संरक्षण समितिको सचिव सचीव समेत रहेका छन् भने उर्मिला अटो कन्सर्न र साझेदारीमा श्री भैरैमदेव कृषि एग्रो प्राली उनका व्यवसाय हुन्।
चुनावी चिन्ह खुल्ला किताब लिएर अभियानलाई तिव्रता दिएको बताउँदै उनले युवा तथा अग्रजहरुको साथ पाएको र पार्टीको सिद्धान्तलाई पोखरेली जनताले मन पराएको हुँदा अब पोखरेली जनताले आफूलाई चुन्ने जानकारी गराएका थिए।
स्थानीय तहको चुनावको सरगमी बढे सँगै युवाहरुको चाहना समेत बढेको देखिएको छ । लामो समय सम्म ठूला पार्टीहरुले परिवर्तनका नाममा नारामा मात्र सीमित बनाइरहँदा थापा जस्ता युवाहरुले राजनीतिमा आउनु राम्रो सन्देश रहेको विश्लेषकहरु बताउछन्।