मुद्रण उद्योग संघ कास्कीले नेपाल मै पहिलो पटक मुद्रण व्यवसायीहरुले हरहिसाव निकाल्न मिल्ने क्याल्कुलेशन एप (प्याक मेनेजर) सञ्चालनमा आएको छ।
मुद्रण संघले एक कार्यक्रमको आयोजना गरी एप्लिकेशनको परिचय तथा परिक्षण बुधबारबाट सुरु गरेको हो। पहिलो चरणमा १५ दिन कास्की जिल्लाका ६१ वटै मुद्रण व्यवसायीबाट निःशुल्क परिक्षण गर्न लागिएको संघले जानकारी गराएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र बजिमयले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बजिमयले नेपालमा नै पहिलो पटक मुद्रण उद्योग संघले क्लाउड बेसमा निर्मित एपलाई देशब्यापी रुपमा परिचालन गर्नको लागि आफूले समन्वय गर्ने बताएका छन्।
त्यसैगरी मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण)ले करिब ४ वर्षको मिहिनेतपछि समय सापेक्ष एपको सुरुवात गरिएको जानकारी गराएका थिए। उनले पहिलो चरणमा एक्सल फर्मेटबाट सुरु भएको मोवाइल, डेस्कटप हुँदै आज क्लाउड वेस मार्फत सञ्चालनमा ल्याएको बताए। आगामी दिनमा देशब्यापी रुपमा नै सञ्चालन गर्ने र मुद्रण उद्योग संघ कास्कीको आय आर्जनको रुपमा लैजाने योजनामा रहेको छ, उनले भने।
सामान्यरुपमा विल देखि किताबहरुको मुल्य हिसाव गरेर कोटेशन दिन झण्झटिलो समस्यालाई अब विना झण्झट काम गर्ने बातावरण बनाउनको लागि यो एप्लिकेशन सुरुवाता गरिएको हो, अध्यक्ष श्रेष्ठले भने।
त्यसैगरी संघका सचिव तथा एप्लिकेशन संयोजक राजन कुमालले लामो समयको दुःख र मिहिनेतले सफलता मिलेको बताउँदै क्लाउड वेसमा निर्मित एप्लिकेशनले मुद्रण व्यवसायीहरुको हिसाव कितावमा एकरुपता ल्याउनको साथै समयको समेत बचत गर्ने भएकोले आम मुद्रण व्यवसायीहरुले अत्याधिक मन पराउने जानकारी गराएका थिए।
हामीले एउटा क्यालेण्डरको कोटेशन निकाल्न कम्तिमा १० देखि २० सम्म समय लाग्छ, भने किताबको कोटेशन निकाल्न ३० मिनेट भन्दा बढी समय खर्चनुपर्छ, यो एपले धेरै समय लाग्यो भने १ मिनेटमा आफ्नो अफिसको फर्मेट अनुसार कोटेशन नै तयार बनाउन सकिन्छ संयोजक कुमालले भने, “नेपालमा नै पहिलो पटक मुद्रण व्यवसायीहरुको लागि बनेको यो नै पहिलो एप हो।”
उनले समय सापेक्ष प्रविधिमैत्री एप बनाएको हुँदा ग्राहकले काम गरेको पैसा नतिर्ने र ढगिको नियत राखेर काम गर्ने ग्राहकलाई समेत प्रत्यक्ष प्रभाव पार्ने जानकारी गराएका थिए। उनले भने “कसैको नियत नै ठगि गर्ने बानी छ भने अब उनिहरु उम्कन पाउदैनन्, उसको नाम कालो सुचीमा समावेश भएपछि सबै मुद्रण व्यवसायीहरुले जानकारी पाउछन्, जसबाट धेरै भन्दा धेरै व्यवसायीहरु लाई ठग्न सक्दैन।
प्याक मेनेजरबाट ग्राहकहरुले बाँकी पैसा तिर्न र विल स्टिमेटको समेत म्याजेस पाउने, काम सम्पन्न भएको म्यासेज आउने जस्ता सिस्टमहरु थप गर्न लागिएको उनले बताएका थिए।
त्यसैगरी एप्लिकेशन निर्माता इन्जिनियर सौगात कुमालले प्याक मेनेजर एप्लिकेशन चलाउन सहज र सजिलै जसले पनि सञ्चालन गर्न सक्ने भएको हुँदा झण्झटबाट मुद्रण व्यवसायीहरु मुक्त हुने दावी गरे। “हामीले धेरै मिहिनेत गरेका छौं, त्रुटीहरु कम बनाउन। आशा छ, यसबाट सबै मुद्रण व्यवसायीहरु खुसी रहनेछन्, उनले भने, समय सापेक्ष अन्य थप कुराहरु आवश्यक अनुसार थपघट गर्न सकिन्छ।
साथै, उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा मेनुअल बुकलेट संयोजक पदमलाल श्रेष्ठले मेनुअल बुकलेट वितरण गरेका थिए।
संघका बरिष्ठ उपाध्यक्ष चिन्तामणी बास्तोलाले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै एपबाट व्यवसायमा प्रत्यक्ष पार्ने प्रभाव र फाइदाको बारेमा जानकारी गराएका थिए भने सचिव तथा एप संयोजक राजन कुमालले सञ्चालन गरेको कार्यक्रम े अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण)ले समापन गरेका थिए।

Login – PAK (pakmanager.com)