नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ जिल्ला कार्यसमितिको अध्यक्ष पदमा पुनः राजेश बुढा मगर निर्वाचित भएका छन्।
संघको चौथो अधिवेशन नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको सभाहलमा सोमबार भएको हो।
अधिवेशनबाट उपाध्यक्षमा मदन बहादुर गुरुङ, सचिवमा लक्ष्मण ढकाल, कोषाध्यक्षमा रमिता घर्तिमगर र सदस्यहरुमा सुमन परियार दमै, संगीता बुढामगर, सन्तोष तामाङ, दर्पण गुरुङ र जगतबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका हुन्।
नवनिर्वाचित अध्यक्ष राजेश बुढामगरले कार्यक्रममा बोल्दै आफूले श्रमिकहरुले विश्साव जितेर पुन अध्यक्षमा सर्वसम्मत चयन गराएकोमा सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै संस्थालाई मजबुद बनाउन अग्रसर रहने बताएका थिए।
कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका उपमहासचिव राजेश पालिखेले श्रमिकहरुको हक हितको लागि ट्रेड युनियनको स्थापना भएको बताउँदै नवनिर्वाचित पदाधिकारीहरुले आफ्नो जिम्मेवारप्रति बफादार भएर काम गर्नको लागि शुभकामना दिएका थिए।
त्यसैगरी नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा, नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समिति सदस्य जितबहादुर गुरुङ, कास्कीका अध्यक्ष विजयराज भण्डारी, निवर्तमान अध्यक्ष कुलदेवी बराल लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीको संयोजकत्वमा गठित निर्वाचन समितिको सदस्यहरुमा यातायात मजदुर संगठन गण्डकी प्रदेशका अध्यक्ष किरणवावु पन्त र ट्रेड युनियन कांग्रेस कास्कीका सचिव रुद्र तिमिल्सिना रहेका थिए।