दुवै मृगौला पीडित डण्डबहादुर जिसीलाई कार्कीनेटा सम्पर्क समाज पोखराले ३ लाख ५ हजार ८ सय २८ रुपैयाँ सहयोग गरेको छ।
पोखरा–१७ विरौटामा अवस्थित सम्पर्क समाजको कार्यलयमा एक कार्यक्रम गरि मृगौला पीडित जिसिलाई नगद हस्तान्तरण गरिएको आर्थिक संकलन कार्यक्रम संयोजक तथा समाजका बरिष्ठ उपाध्यक्ष केशव घिमिरेले जानकारी गराए।
करिब १ महिनामा समाजलाई विश्वास गरि देश विदेशमा रहनुभएका नेपाली दाजुभाइको संकलन भएको रकम हस्तान्तरण गरेका हौं, उनले भने।
त्यसैगरी सम्पर्क समाजका अध्यक्ष सीता शर्माले सहयोगीहरु प्रति धन्यवाद व्यक्त गर्दै समस्यालाई साझा समस्याको रुपमा लिएर सहयोग गर्नुभएकोमा कृतज्ञता व्यक्त गर्दै संकलित रकम सही सदुपयोग गर्न मृगौला पीडित जिसीको परिवारलाई अनुरोध गरेकी थिइन्। उनले आगामी दिनमा सम्पर्क समाजले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन्।
मृगौला पीडित डण्ड बहादुर जिसीले सम्पर्क समाज र सहयोगी सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए। उनले मृगौला परिवर्तनका लागि धेरै रकम आवश्यक हुने भएको, आफ्नो पारिवारको आर्थिक अवस्था पनि निकै कमजोर भएको हुँदा जिवन बचाउनको लागि सहयोगीहरुप्रति नै निर्भर रहेको बताएका थिए।
पर्वत जिल्ला फलेवास नगरपालिका–१, कार्कीनेटा घर भएका जिसीको दुवै मृगौलाले करिब १ वर्ष अगाडिबाट काम गर्न छाडेपछि उपचार गर्ने क्रममा आफूसँग भएको सम्पूर्ण रकम सकिएको उनको परिवारले जानकारी गराएको थियो।
अघिल्लो वर्षहरुमा पनि रिदम बचाऔं अभियानमा सम्पर्क समाजले उल्लेख्य भूमिका निर्वाह गरेको थियो।
समाजका सचिव शिवप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रम उपाध्यक्ष हरिप्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए।