नेपाल ट्रेड युनियन कांग्रेसको ७६ औं वर्षकोे अवसरमा शनिबार कार्यक्रम गरि स्थापना दिवस मनाएको छ।
स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा श्रमिकहरुलाई प्रशिक्षण, टे«ड युनियन कर्मीहरुलाई सम्मानका साथै शुभकामना आदान प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले टे«ड युनियन वि.सं.२००३ सालमा स्व.गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा स्थापनाको सुरुवात भएको जानकारी गराएका थिए।
रोजगारदाता र रोजगार गर्ने श्रमिकहरुको मतभेदलाई सुमधुर बनाउनका लागि महत्वपूर्ण योगदान दिदै आइरहेको बताउँदै राज्यलाई सही दिशातर्फ लानको लागि भएका भएका आन्दोलनमा मजदुरहरुले अहम भूमिका रहेको आफूले महशुश गरेको छ, उनले बताए।
गण्डकी प्रदेश सरकार श्रमिकहरुप्रति सकरात्मक भएको बताउँदै उनले श्रमिकहरुको लागि नीति निर्माण गर्ने सवालमा श्रममैत्री ऐन कानुन बनाउने मन्त्री थापाले प्रतिबद्धता गरेका थिए।
रुपा रिसोर्ट र मनिपाल हस्पिटलमा श्रमिक र रोजगारदाताहरु विच भएको समस्याको बारेमा गुनासाहरु आएको बताउँदै त्यसको समाधानको लागि आफू प्रतिबद्ध भएर अगाडि बढ्ने उनले उक्त कार्यक्रममा जानकारी गराएका थिए।
उक्त कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, टे«ड युनियन कांग्रेसका केन्द्रीय सदस्य जितबहादुर गुरुङ, गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा, नेपाल निर्माण सम्बद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जेवी गुरुङ, केशर निर्दोशी, देवी कार्की, देवेन्द्र रानाभाट, गंगाधर पराजुली र रमेश भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा विभिन्न तहमा विजयी भएका करिब ३० जना कास्कीका टे«ड युनियनकर्मीहरुलाई खादा र सम्मानपत्रले सम्मान गरिएको थियो।
पहिलो चरणमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रम नेपाल टे«ड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा र केन्द्रीय प्रतिनिधि तथा केन्द्रीय संगठन विभाग सदस्य कुलदेवी बरालले प्रशिक्षण दिएका थिए।
नेपाल टे«ड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रुद्र तिमिल्सिनाले गरेका थिए।