लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीद्वारा मृगौला पीडित दण्डबहादुर जिसीलाई र्आिर्थक सहयोग गरेको छ।
पर्वत कार्कीनेटाका ३८ वर्षीय मृगौला पिडित जिसीलाई उपचारमा सहयोगको लागि एक कार्यक्रमका बिच १३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।
उक्त सहयोग क्लवका अध्यक्ष मोहदत्त भुषाल र डाइरेक्टर पदम श्रेष्ठले कार्कीनेटा संम्पर्क समाज पोखराका अध्यक्ष सीता शर्मा र बरिस्ठ उपाध्यक्ष अभियानका संयोजक केशव घिमिरे लाई हस्तान्तरण गरेका हुन् ।
फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा निवासी जिसी १ वर्षदेखि दुबै मृगौलाले काम नगरेपछि उपचार गर्दा पीडित परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर बन्न पुगेको छ। उपचार गर्नको लागि समस्या नहोस् कार्कीनेटा सम्पर्क समाज मार्फत आर्थिक सहयोग गरेको क्लबका डाइरेक्टर तथा सम्पर्क समाजका कोषाध्यक्ष पदम श्रेष्ठले बताए ।
क्लवका अध्यक्ष मोहदत्त भुषालले कार्यक्रममा बोल्दै कार्कीनेटामा विभिन्न समयमा माउण्टेनसिटी क्लब सामाजिक कार्यमा सहभागी हुँदै आएको बताउदै मृगौला पीडित डण्डबहादुर जिसीको उपचारको लागि सानो रकम भएपनि मलम लगाउन सहयोग पुग्ने हुँदा सहयोग गरेको जानकारी गराए।
त्यसैगरी सम्पर्क समाजका बरिष्ठ उपाध्यक्ष तथा अभियानका संयोजक केशव घिमिरेले डण्डबहादुर जिसी बचाऔं अभियानमा कार्कीनेटा सम्पर्क समाजको तर्फबाट संयोजकको भुमिका दिएकोमा आभार प्रकट गर्दै उनले माघ महिनाको अन्तिम सम्ममा संकलित रकम हस्तान्तरण गर्ने बताएका थिए।
समाजका अध्यक्ष सीता शर्माले समाजमा भएका हरेक दुःख र सुखको लागि सम्पर्क समाज स्थापना भएको बताउँदै रिदम बचाऔं अभियानमा झैं मृगौला पीडित डण्डबहादुर जिसीको उपचारको लागि पनि सहयोग गरि हातेमालो गरि अगाडि बढ्न अनुरोध गरेकी थिइन्।