पोखरा, माघ ४ ।
नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा भएको १ हप्ते आधारभुत पत्रकारिता तालिम आज सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघको संयोजनमा भएको उक्त कार्यक्रम पुष २८ गतेबाट माघ ४ गतेसम्म भएको थियो।
नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र कास्कीको संयोजनमा भएको ७ दिने पत्रकारिता तालिममा कास्कीबाट सुरुको चरणमा ४० जना सहभागी भएपनि समापन सम्ममा ३३ जना पत्रकार सहभागी भएका थिए।


नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले कार्यक्रममा बोल्दै १ हजार माइल यात्राको लागि पहिलो पाइलालाई सहज बनाउन सके मात्र यात्रा सहज हुने बताउँदै आधारभूत पत्रकार तालिम पहिलो खुड्कीलो भएको जानकारी गराएकी थिइन्।
तालिम महत्वपूर्ण भएको बताउदै अध्यक्ष भण्डारीले विभिन्न परिस्थिति र चुनौतिको सामना गर्नु भएको हुँदा पत्रकारिता क्षेत्रमा काम गर्न अब्बल भएर अगाडि बढ्नुपर्ने बताइएकी थिइन्। लामो समय पत्रकारिता गरे भन्दैमा सबै जानिदैन, समय अनुसार आफूलाई अपडेट गर्दैै जानुपर्दछ त्यसको लागि समय सापेक्ष तालिमको आवश्यकता पर्ने जानकारी गराएकी थिइन्।
पत्रकारिता गर्नु आफैमा चुनौतिपूर्ण रहेपनि मोफसलमा रहेर हामीले थुप्रै आश गर्न सकिन्छ भन्ने वातावरण सृजना गर्नका लागि इट्टा थप्ने गर्न काम गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरु सँग अपेक्षा गरेको बताएकी थिइन्, उनले पत्रकारहरुको क्षमता अभिबृद्धि र दक्ष बनाउनका लागि विभिन्न तालिम लगायत अन्य आवश्यकता अनुसारका अवसर प्रदान महासंघले गर्दै गइरहेको र आगामी दिनमा निरन्तरता दिने जानकारी गराएकी थिइन्।
त्यसैगरी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा आधारभूत तालिमका प्रशिक्षक धर्मेन्द्र झाले समापन कार्यक्रममा बोल्दै सुरुको चरणमा केही असहजको भएपनि विस्तारै तेस्रो दिनबाट प्रशिक्षणमा सहज भएको अनुभूति व्यक्त गरेका थिए। उनले प्रशिक्षणको दौरानमा १४ वर्ष पछि पोखरामा आउदा नौलो अनुभव बटुलेको बताएका थिए। पत्रकारितामा क्षेत्रमा विगतका समयमा काम गर्न थुप्रै समस्या भएपनि अहिले प्रशिक्षण र अवसरले सहज भएको बताएका थिए।
प्रक्षिक्षार्थी पत्रकारहरुलाई इंकित गर्दै आफूले सिकाएको सीपलाई सही सदुपयोग गर्दै अगाडि बढ्न अनुरोध गरेका थिए। प्रशिक्षक झा ले “चुनौतीलाई स्विकार गरेर अगाडि बढ्न र अवसरलाई खोसेर लिनु सक्नुपर्छ, निर्भिपब र निडर भएर सत्य र तथ्यमा अडिक भइ काम गरेमा अवश्य केही परिवर्तन हुन्छ”, भने।
प्रशिक्षक झाले काम गर्दै जाँदा थुप्रै समस्या र चुनौती झेल्न सक्नुपर्ने बताउँदै आवश्यक समन्वय र सहजीकरणको लागि आफू सदा पत्रकारहरुको साथमा रहेको उनले बताए।
पत्रकार महासंघका पूर्व उपसभापति गंगाधर पराजुलीले आफूले लामो समय पत्रकारिताको अनुभव बताउँदै १ हप्ताको तालिम सकिएको छैन, अब बल्ल सुरु भयो भन्दै अब सैद्धान्तिक शिक्षा मात्र होइन फिल्डमा गएर प्राक्टिल लाइफ सुरु भयो, उनले भने, दक्ष जनशक्तिको अभावमा थुप्रै मिडियामा अवसर भएकोले मिहिनेत गरेर अगाडि बढे बेरोजगार बन्नु पर्ने अवस्था सृजना नहुने जानकारी गराएका थिए।
पत्रकार महासंघ केन्द्रका कार्यक्रम संयोजक संघर्ष पन्तले सुरक्षित मिडिया परियोजना लाई अगाडि बढाउन महासंघ केन्द्रले सदा सहयोग गर्दै अगाडि बढ्ने जानकारी गराएकी थिइन्। काम गर्दै जाँदा जानेका र अन्जानमा भएका कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने बताउँदै काम गर्ने क्रममा आउने धाक, धम्कीसँग नडराइ तटस्थ रहेर अगाडि बढ्न अनुरोध गरेकी थिइन्।


पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले तालिमले के कति प्रभाव पा¥यो भन्ने विषय आगामी दिनका कार्ययोजनाले जानकारी दिने बताएका थिए। उनले पत्रकारितामा निखार ल्याउनको लागि प्रशिक्षणले महत्वपूर्ण भूमिका पु¥याउने भएकोले वेशिक तालिम मात्र नभई सबैलाई अझ एड्भान्स प्रशिक्षणको आवश्यकता रहेको बताए।
त्यसैगरी प्रशिक्षार्थीहरुको तर्फबाट मुना कोइराला, ऋषिराम रानाभाट, ज्योति नेपाली, धनबहादुर गुरुङ (सुमन) लगायतले आधारभूत तालिम भनिएपनि धेरै नयाँ विषयवस्तुहरु बारे जानकारी पाएको बताएका थिए। उनिहरुले समाचार संकलनको लागि सूचनाको प्रभावकारीता बारे बुझ्नुका साथै थप हौसला मिलेको जानकारी गराएका थिए।
तालिम इन्टरनेशनल अलर्ट र युरोपियन युनियनको सहयोगमा सम्पन्न भएको कार्यक्रम पत्रकार महासंघ कास्की शाखाका सदस्य सन्तोष सुवेदीले सञ्चालन गरेका थिए भने कास्कीका शाखाका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो।