पोखरा ः भुकम्प दिवसको अवसर पारेर पोखरामा आइतबार भुकम्प दिवस मनाइएको छ।
पोखरा महानगरपालिका वडा नंं ८ र ९ को संयुक्त आयोजनामा नयाँबजार, स्वास्थ्य प्रवद्र्धन केन्द्रमा द्विप बालेर स्थानीयले भुकम्प दिवस मनाएका हुन्।
वि.सं.१९९० र २०७२ सालको भुकम्पमा परि ज्यान गुमाउने दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दिप वालिएको स्थानीयहरुले बताएका थिए।


स्थानीय टोल सुधारसमितिका अध्यक्ष गोमा प्रधानले कार्यक्रममा बोल्दै वि.सं. २०७२ समयमा भएको महाविनाशकारी भुकम्प जाँदा वडा नं. ८ र ९ का स्थानीयहरु अहिले भएको स्वास्थ्य प्रबद्र्धन केन्द्र भएको चौरमा रात काटेको स्मरण गरेकी थिइन्। उनले भनिन्, “पोखरामा धन्न कुनै असर पारेन यदि कुनै घटना घटेको भए ज्यान जोगाउन यो चौर बाहेक अरु कुनै स्थान थिएन, हामीले यो चौर चौरकै रुपमा देख्न चाहन्छौं, एक वडा एक चौरको महानगरले विधानमा समेत उल्लेख गरेको छ, तर अहिले प्रशासकीय भवन बनाउने भनेर सिलन्यास गरियो, यो कदापी मान्य हुनेछैन, यहाँ स्वामीको चौतारा छ, जसमा हाम्रा पुर्खाहरुले भुमी पुजा गर्दै आउनु भएको छ। हाम्रो रक्षक भएका देवी देउतालाई मास्न दिन्नौं।”
त्यसैगरी स्थानीय श्याम थापाले पोखरालाई स्मार्ट सिटी बनाउने अभियान चलिरहँदा यो साधुरो ठाउँमा अहिले महानगरले प्रशासकीय भवन बनाउदा आवश्यक पार्कीङ लगायतका विषयमा सोच पु¥याउनु पर्दछ, अहिले बनाएको भवन केही वर्षमा नै त्यसलाई भत्काउनुपर्ने अवस्था आउछ। केही वर्ष अगाडि यही चौरमा भवन बनाइयो। त्यो भवन हस्तान्तरण नहुँदै भत्किएकोे छ। नगरले भनेअनुसार एक वडा एउटा खुला चौर भनेको छ, हाम्रो टोलमा भएको एउटा चौरलाई महानगरले मास्न खोजिएको छ। नगरवासीको सुरक्षा र जिम्मेवारी महानगरको भएपनि अहिले उसैले यस्तो कदम चाल्दा हामीलाई दुःख लागेको छ उनले भने।
स्वास्थ्य प्रवद्र्धन केन्द्रको भवन बनाउनको लागि स्थानीय तथा टोलवासीहरुले सहयोग पु-याए पनि भुकम्प दिवसमा द्विप बाल्ने कार्यक्रम हुँदा स्वास्थ्य प्रवद्र्धन केन्द्रले ताला लगाई असहयोग पु¥याएको स्थानीयहरुको आरोप लगाएका थिए। धेरै संख्या प्रहरी र नगर प्रहरीहरुको उपस्थिति रहेदाँ कुनै शान्ति कार्यक्रम नभई कुनै आन्दोलन नै हुन लागेको हो कि भन्ने झल्को कार्यक्रममा देखिएको थियो। दिनको ५ बजे द्विप बाल्ने कार्यक्रम भएपनि नगर प्रहरीले रोक्न खोजेपछि कार्यक्रम १ घण्टा ढिला हुन पुगेको थियो।