बास्पानी कृषि सहकारी संस्था लिमिटेडको चौथो अधिवेशन सर्वसम्मत सम्पन्न भएको छ।
पोखरा–२२ पुम्दीमा रहेको सक्रिय महिला भवनमा शनिबार भएको नवौं साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा नवराज बराल चयन भएका छन्। भने उपाध्यक्षमा देवीराज बराल, सचिवमा कमलनाथ बराल, कोषाध्यक्षमा मुनादेवी बराल, सहसचिवमा गंगाराम बराल र सदस्यहरुमा सरीता बराल, अनन्त बराल, हरिप्रसाद बराल र उजेली बराल रहेका छन्।
त्यसैगरी ऋण उपसमिति संयोजकमा गंगाराम बराल र सदस्यमा प्यामनाथ बराल र सदस्य सचिवमा मन्दिरा बराल रहेकी छन्। लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा तारानाथ बराल र सदस्यहरुमा चन्द्र कान्त बराल र लक्ष्मीदेवी बराल, शिक्षा उपसमिति संयोजकमा शिव बराल र सदस्यहरुमा अमिर बराल र देउ कुमारी बराल रहेका छन् भने सल्लाहकारहरुमा हिमलाल बराल, टंकराज बराल, कृष्ण प्रसाद बराल र बालकृष्ण बराल रहेका छन्।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष नवराज बरालले सहकारीको सिद्धान्त अनुसार अघिल्ला वर्षहरुमा चलाउदै आएको र आगामी दिनमा सहकारीलाई अझ उत्कृष्ट बनाउनको लागि नयाँ कार्ययोजना सहित अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
निर्वाचन मण्डलका संयोजक हिमलाल बराल सहित सदस्यहरु टंकराज बराल, कृष्ण प्रसाद बराल र शिवलाल बरालले सहजीकरण गरेका थिए।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल (जिवन)को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम बास्पानी सहकारीका सचिव कमलनाथ बरालले कार्यक्रम सञ्चालन गरेका थिए भने अध्यक्ष नवराज बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।