आरकेडी होल्डिङ्स.लि को पाँचौ साधारणसभा तथा अधिवेशनबाट आरकेडी होल्डीङ्समा रामचन्द्र शर्माको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति गठन भएको छ।
सदस्यहरुमा किरण पोखरेल, अम्बिका प्रसाद पौडेल, धर्मराज भण्डारी, धनप्रसाद पाध्या, प्रवद्र्धक शेयर धनीबाट महिला सञ्चालक सदस्य सविना आचार्य र स्वतन्त्र सञ्चालकमा बाबुराम अर्याल रहेका छन्। स्वतन्त्र सञ्चालक र महिला सञ्चालक कम्पनीले पब्लिक कम्पनीको नयाँ प्रावधान अनुसार व्यवस्था गरिएकोे हो। स्वतन्त्र सञ्चालकले ५ वर्ष सम्म कुनैपनि कम्पनीको शेयर खरिद गर्न पाउने छैनन्।
ह्वाइट हाउस पार्टी प्यालेसमा शनिबार भएको अधिवेशनमा ७ जनाले उम्मेदवारी दर्ता गराएका थिए।


निर्वाचन संयोजक अधिवक्ता बोधराज बरालको संयोजकत्वमा रामप्रसाद बुढा, प्रेमप्रसाद सुवदी, गीता आचार्य र इन्द्रप्रसाद शर्मा सदस्यहरु रहेका थिए।आरकेडी होल्डिङ्सका नवनिर्वाचित अध्यक्ष रामचन्द्र शर्माले कार्यक्रममा बोल्दै, सुरुमा आरकेडी प्र्रति नेपाली जनताको विश्वास नभएको तर अहिले नेपाली मात्रै नभई विदेशीहरुले समेत शेयर खरिदको लागि सम्पर्कमा आएको जानकारी गराए। “स्थापनाकालमा हामीप्रति विश्वास कम थियो, शेयर लिनुस भन्दै हामीले घरदैलो गर्दै गर्दा केही व्यक्ति हास्थे तर आज तिनै व्यक्तिहरु ५ करोड, १० करोडको शेयर माग गर्नुभएको छ। हामी समुहमा बसेर कसरी व्यवसाय गर्न सकिन्छ भन्दै धेरै प्रतिवेदन तयार पारेका छौं, उनले भने।
आरकेडीको अभियान र उद्देश्य भनेको निम्न वर्गियलाई अगाडि बढाउने भएकोले थोरै लगानी गरेर भविष्यमा उज्यालो बनाउने नै हो। पैसा र स्वाभिमानको लागि आरकेडी रहेको र आरेडीका शेयर होल्डर मात्र नभई आरकेडीयन हामी हौं भन्ने बनाउनु छ अध्यक्ष शर्माले भने।
कार्यक्रममा बोल्दै सञ्चालकको तर्फबाट नवनिर्वाचित सञ्चालक धनप्रसाद शर्माले आरकेडी होल्डिङ्स स्थापना कालबाट ५ वर्षमा प्रवेश गर्दै गर्दा आरकेडीलाई विश्वास गरी हजारौं नेपाली नागरिकले शेयर खरिद गरेको जानकारी गराएका थिए। “छोटो समयमा नै कम्पनीले सकरात्मक गति लिइसकेको र थप कदम चालेको छ, अबका केही वर्षमा नेपालकै उत्कृष्ट नं. १ मा बनाउन अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं”, उनले भने।
आरकेडीका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षातामा सम्पन्न भएको कार्यक्रम उद्घाटन सत्रमा हरि गिरी र बन्द सत्रमा किरण पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए।