बिरुवा आमा समुह बिरौटाको अध्यक्षमा दुर्गा कुमारी केसी चयन भएकी छिन्।
लामो समयदेखि सामाजिक र राजनैतिक क्षेत्रमा क्रियाशिल केसीले विकासका लागी पहिले आफ्नो टोल समुदायको नेतृत्व बलियो बनाउनुपर्ने बताइन् । समाजको विकासको महत्वपूर्ण आधारको रुपमा रहेका टोलविकास संस्था, आमासमूह, यूवा क्लव लगायतका सरोकारवाला संस्थालाई चलायमान बनाउनुपर्नेमा उनले जोड दिएकी थिइन्।
आठौ साधारणसभा एवं चौथो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेलले महिला अधिकार प्राप्तीको लागी छलफल गरिने पहिलो खुटकिलो भनेको आमा समूह नै भएकोले यहि वेशमा हुर्किएका दिदीबहिनीहरु राज्यका विभिन्न नेतृत्वमा पुगेको बताए । गण्डकी प्रदेश सरकारले महिलामैत्री तवरबाट आफ्ना गतिविधिहरु अगाडी बढाएको बताएका थिए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिलाहरुको निर्णायक तहमा उल्लेख्य उपस्थितीका लागी संघर्ष गर्नुपर्नै आवश्यकतामा जोड दिइन् । महिला समूहहरुले समाज रुपान्तरणको कार्यमा उल्लेख्य योगदान पुर्याएको बताउँदै घर व्यवस्थित बनाउने जिम्मेवारी सँगै देशलाई समृद्धिको वाटोमा लैजानका लागी पनि जिम्मेवार तवरबाट कार्यसम्पन्न गर्नृपर्ने उनको भनाई थियो।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ का जनप्रतिनीधि बैकुण्ठ भण्डारीले वडामा रहेका ४५ वटा आमा समूहले वडाको विकासमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै महिलाहरुलाई उध्यमी बनाउनका लागी वडा कार्यालयले विविध कार्यक्रमहरु संचालन गरिरहेको बताए। सो कार्यक्रममा जनप्रतिनीधी तारा परियार, नेपाल महिला संघ वडा नं १७ का सभापति रन्जता रेग्मी, बिरुवा टोल विकास संस्थाका अध्यक्ष खम बहादुर केसी लगायतले मन्तब्य राखेका थिए।
उद्घाटन समारोहका अध्यक्ष गौरी थापाले आमा समूहले महिलाहरुको क्षमता अभिवृद्धि, सामाजिक कार्य लगायतका काम गरिरहेको बताइन्। अधिवेशनबाट उपाध्यक्षमा हरिकला भण्डारी, सचिव कमला शर्मा, कोषाध्यक्ष, निरु क्षेत्री, सहसचिव मिना न्यौपाने, सह कोषाध्यक्ष दुर्गा पोखरेल र सदस्यहरुमा दुर्गा अधिकारी इन्दु लम्साल, शोभा भट्टराई, गिता नेपाली, सिता अधिकारी, गंगा भट्टराई र पार्वती वाग्ले चयन भएकी छिन् भने सल्लाहकारमा विमला भण्डारी, गिता क्षेत्रि, गौरी थापा रहेका छन्।