सूर्य नेपाल प्रालि सेराटार तनहुँको आयोजना तथा लाईफ केयर डाइग्नोष्टिक पोखरा प्रालिको प्राविधिक सहयोगमा भएको बृहत निःशुल्क स्वास्थ्य शिविरमा करिब ३ सय जना लाभान्वित भएका छन्।
तनहुँको सेराटारमा भएको उक्त कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर थापाले पहिलो स्वास्थ्य परीक्षण गरि कार्यक्रम सुरु भएको थियो।


्ग्रामीण भेगका वासिन्दालाई लक्षित गरिएको उक्त कार्यक्रमबाट स्थानीयहरु खुसी भएको वताउँदै आगामी दिनमा पनि निरन्तरता दिन वडा अध्यक्ष थापाले आग्रह गरेका थिए।
स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन, सर्जरी र बालरोग विशेषज्ञसहितको टोलीले स्वास्थ्य परीक्षण गरेको लाईफ केयर डाइग्नोष्टिक पोखरा प्रालिका प्रबन्ध निर्देशक शुक्रराज कँडेलले जानकारी दिए । उनका अनुसार शिविरमा हाड तथा नशा रोग, भिडियो एक्सरे र प्रयोगशालामार्फत मधुमेह, मुटुको बोसोपना, कलेजोको परीक्षण, पिसाब जाँच, थाइराइडलगायतका रोगहरुको जाँच गरिनुका साथै आवश्यक औषधि समेत वितरण गरिएको बताए।


गण्डकी प्रदेशकै “ए” वर्गको लाईफ केयर डाइग्नोष्टिक पोखरा प्रालिले कोभिडको महामारीको समयमा कोभिड–१९ को जाँच गराएर सोही दिन रिपोर्ट दिंदा विदेश जाने नागरिकहरुलाई विशेष राहत मिलेको थियो। उक्त रिपोर्टलाई अन्र्तराष्ट्रिय रुपमा मान्यता प्राप्त भएकाले जुनसुकै देशमा पनि रिपोर्टले काम गर्ने प्रबन्ध निर्देशक कँडेलले बताए।


लाइफकेयरले अत्याधुनिक मेशिन प्रयोगबाट मेडिकल वायोकेमिष्ट्र तथा मेडिकल मोलिकुलर बायोकेमिष्ट्री र प्याथोलोजी विशेषज्ञले प्रत्यक्ष परिक्षण गरि सेवा प्रदान गरि सेवा प्रदान गर्दै आइरहेको छ।